News

क्वारेन्टिनमा चिया बिस्कुट खाएर बसिरहेको अवस्थामा एक्का,सी बे,होस भएका एक युवकको नि,धन

दैलेखको दुल्लु नगरपालिका–७ किर्तीखम्वस्थित क्वारेन्टिनमा बसेका एक युवकको नि,धन भएको छ।भारतको गुजरातवाट घर फकिएका ती युवकको शनिबार विहान नि,धन भएको हो। विहानको खाजा खाएर सुतेका केही समयमा उनी मृ,त भेटिएको भेटिएको स्थानीय जितेन्द्र थापाले जानकारी दिए। बिहान चिया बिस्कुट खाएर बसिरहेको अवस्थामा उनी ए,क्कासी बे,होस भएका थिए ।

शुक्रबार मात्रै पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा पठाइएको थियो। उनको कोरोना रिपोर्ट आउन बाँकी छ। ३५ वर्षीय मृ,तक युवक दुल्लु नगरपालिका–११ कालभैरवका रहेको बुझिएको छ।क्वारेन्टिनमा बसेका सबैको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्थान जुम्लामा पठाइए कोछ ।यस्तै, दैलेखको नारायण नगरपालिकामा थप १४ जनामा कोराना पोजिटिभ देखिएको छ । सं,क्रमण देखिएका उनीहरु सबै भारतबाट आएका हुन् । दैलेखमा कोरोना संक्र,मितको संख्या ३० पुगेको छ ।

Related Articles

Back to top button
Close