News

रुकुम घटना : पोस्टमार्टम रिपोर्टले उजागर गर्यो ह,त्यापछि भेरी नदीमा फालिएको तथ्य

जाजरकोट, जेठ १७ । रुकुम घटनामा शव भेटिएका ५ जनाको कु ट पि ट पछि मृत्यु भएको देखिएको छ । जाजरकोट अस्पतालमा गरिएकको पोस्टमार्टमबाट यस्तो तथ्य बाहिर आएको हो । पोस्टमार्टम रिपोर्टमा कु ट पि टबाटै ह ,त्या भएको चिकित्सकले बताएका छन् ।

चिकित्सकका अनुसार मृतक ५ जनाकै टाउको, अनुहार लगायत अन्य अंगमा चोट देखिएको छ । ‘मृतकहरुको टाउको, हातखुट्टा, छाती र पिठ्युँमा चोटपटक लागेको देखिन्छ, नदीमा बगे पनि पेटमा पानी भरिएको देखिएन,’ ती चिकित्सकको भनाई छ । पोष्टमार्टममा संलग्न चिकित्सकहरुका अनुसार नदीमा डुबे मृत्यु भएका मानिसले पानी खाएर पेट फुल्नुपर्छ । तर, यो अवस्था देखिएको छैन । यसको अर्थ उनीहरुको मृत्यु पानीमा डुबेर भएको होइन । अस्पतालले मृतकको शरीरका विभिन्न नमुना भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाएको छ ।

पीडित परिवारले भने घटनालाई तोड मोड गर्ने प्रयास भएको आरोप लगाएका छन् । रुकुममा केही स्थानीय र जनप्रतिनिधिले घटना तोड मोड गरी दोषीलाई उम्काउने प्रयास गरिएको बताएका छन् । ‘घटनामा वडाध्यक्ष डम्बर मल्ल प्रमुख दोषी हुन्, उनकै संलग्नतामा यो सब भएको छ,’ मृतक नवराजका पिता मुनलालले भन्नुभयो, ‘तर, अहिले नेताहरुले अ प राधीलाई बचाउने गरी वक्तव्य दिने गरेका छन् ।’ कु,टेर मारेपछि भेरीमा फालेको थाहा हुँदाहुँदै केटाहरुले आफैं भेरीमा हामफाले भन्दै अफवाह फैलाएर दोषीलाई बचाउने प्रयास भएको मुनलालको भनाई छ ।

यही जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीका स्थानीयले जाजरकोटतर्फबाट आएका युवामाथि आ,क्र म ण गरेका थिए । सोतीकै १७ वर्षीया मल्ल थरकी किशोरीसित प्रेम सम्बन्ध रहेको र उनलाई बिहेका लागि भगाउन भनेर आएका युवाहरुको समूहलाई गाउँलेले लखेटेर ह ,त्या गरेको पीडित पक्षको भनाइ छ। पोष्टमार्टम रिपोर्टपछि गाउँलेले कु ट पि टबाट ह.त्या गरी भेरी नदीमा फालेको आशंकालाई बलियो आधार दिएको छ ।

Related Articles

Back to top button