नवराजकी आमाले अनुसन्धानमा पुगेको गृहमन्त्रालयका सहसचिवसंग राखिन् यस्तो प्रश्न
![]() |
---|
|
![]() |
रुकुम । सरकारले गठन गरेको छनविन समितिले काम सुरु गरेको छ। गृहमन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा गठन भएको समिति जाजरकोट पुगेर अनुसन्धान सुरु गरेको बताएको छ। बिहीबार साँझ घटनास्थल पुगेपनि शुक्रबार बिहानदेखि मात्रै काम सुरु गरेको सहसचिव बस्नेतले जानकारी दिए।
उनका अनुसार नवराज विकलगायत मृतकको घरमा पुगेर त्यहाँका अवस्था र पीडितको भनाइ बारे जानकारी लिइएको छ। ‘हामीले काम सुरु गरेका छौं,’ समितिका संयोजक बस्नेतले भने, ‘चौरजहारी घटनामा संलग्न सबै पक्षलाई भेट्छौं, घटनाको वास्तविकताबारे पहिचान गर्ने छौं।’
छानविन समितिका पदाधिकारी नवराजको घर पुग्दा उनकी आमा उर्मिलाले आँखाबाट आँसु झार्दै मेरो छोरोको ह’त्या’रालाई के कारबाही हुन्छ भन्दै प्रश्न गरेकी थिइन्। केही समय शोकमय बनेको विकको घरमा बस्नेतलगायतका अन्य सहभागीले पीडितले न्याय पाउने र दोषीलाई सजाय हुने भन्दै सान्त्वना दिएका थिए। अन्नपुर्णपोष्ट
भोजपुरमा फौजी किराको प्रकोप
फौजी किराको प्रकोपले मकैबाली नष्ट भएपछि भोजपुरका किसान चिन्तित भएका छन् । जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको कोट, गोगने, पौवादुङमा गाउँपालिकाको च्याङग्रे, तिवारीभञ्याङ, अरुण गाउँपालिकाको विभिन्न वडामा किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप बढेको हो ।
गोडिसकेको मकैको किराले हरियो गुबो खाएर सखाप बनाएको टेम्केमैयुङ गाउँपालिका वडा नं ७ का किसान विजयकुमार राईले बताउनुभयो । राईले भन्नुभयो, “हाम्रो क्षेत्रमा फौजी किराले मकैबाली नष्ट बनाएको छ, यसरी नै किराको प्रकोप बढ्दै जाने हो भने आगामी वर्षलाई बीउको समेत समस्या हुने छ ।”
सोही गाउँपालिकाका वडाध्यक्ष सूर्य नेपालका अनुसार वडा नं ७ कोटमा करिब १०० बढी किसानले लगाएको बालीमा किराको प्रकोप रहेको छ । दैनिकजसो यसको प्रकोप बढिरहेको नेपालले जानकारी दिनुभयो । वडाध्यक्ष नेपालले भन्नुभयो, “हाम्रो गाउँपालिकाको वडा नं ६, ७, ९ मा फौजी किराको प्रकोप बढेको छ, यसको रोकथामका लागि के गर्न सकिन्छ भनेर मैले गाउँपालिका अध्यक्षलाई जानकारी गराएको छु मेरो वडामा मात्र १०० बढी किसानको मकैबालीमा किराको प्रकोप देखिएको छ ।”
![]() |
---|
|
![]() |
फौजी किराले बाली नष्ट गरेपछि अरूण गाउँपालिकाको वडा नं १ याङपाङले किसानलाई फौजी किरा मार्न औषधि वितरण शुरु गरेको जनाएको छ । फौजी किराका कारण सबै मकैबाली नष्ट हुने स्थिति देखिएकाले औषधि खरिद गरी ६१० घरधुरीलाई वितरण गरिएको वडाध्यक्ष नगेन्द्र खत्रीले बताउनुभयो ।