News

बाहिरियो नर्स आ’त्महत्याको रहस्य,काम गर्न गारो भएको छ भनेको परिवारले सुनेन आज छोरी गुमाउनु पर्यो

काठमाडौँ। तेह्रथुमको सदरमुकाम म्याङ्गलुङ्ग बसपार्कनजिक नरबहादुर खत्रीको सन्तोषी होटलमा अस्ति बुधवार एकजना युवती मृ’त फे’ला परेकी छन् । उनी मेन्छ्यायेम गाउँपालिकाको केन्द्र मोराहाङ्स्थित स्वास्थ्य केन्द्रमा कार्यरत नर्स तनुजा कार्की थिइन् । यतिखेर को’रोना क’हरका कारण सर्वत्र लकडाउन छ । चैतदेखि शुरु भएको लकडाउनले उनी पनि उतै अ’ड्केकी थिइन् । तर,नियमितजसो घरमा सम्पर्क भइरहन्थ्यो । फोनमा आफूलाई ठीकै रहेको बताउँथिन् ।

देशले को’रोनाको म’हमा’रीमा एउटा सिपाहि गु’माएकाे छ। गत माघमा केही दिनको छुट्टीमा मोरङ्,उर्लाबारी आइतवारेस्थित घर आउँदा भने त्यहाँ काम गर्न धेरै गाह्रो भएको भन्दै रोएकी थिइन् । तर,परिवारले लामो समय घर परिवारमा बसेर हुर्केकाले बि’रानो ठाउँमा जागिर खान जाँदा न्यास्रोले त्यसो भनेकी होलिन् भन्दै सहज तरिकाले लिएको थियो ।

अहिले अ’प्रत्या’सित रूपमा उनले आ’त्मह’त्या गरेको खबर आएपछि परिवार र आफन्त शो’कमा डु’बेका छन् । लकडाउनले मुलुक नै ठप्प भएको र को’रोनाको उपचार गर्ने बेलामा एउटी स्वास्थ्यकर्मीले के कारणले आ’त्मह’त्या गर्नुपर्यो होला ? घ’टना र’ह’स्यमय र सोचनीय देखिएको छ । प्रहरीले उनी कार्यरत स्वास्थ्य केन्द्र बनाउने ठेकेदार नुवाकोट,तारकेश्वर-छ का खम्बसिङ्ग तामाङलाई यस प्र’करणमा गि’रफ्तार गरी अप’हरण,शरीर ब’न्धक र आ’त्मह’त्या दु’रुत्सा’हनमा अदालतबाट म्याद थपेको छ !

पहिला भने आ’त्मह’त्याको अभिलेख राखिएको थियो ! घरमा दुई पत्नी हुँदाहुँदै २२ बर्षकी नर्स तनुजासङ्गसमेत नजिकिएको र १० गते सङ्गै सदरमुकाममा बाइक चढेर आई १३ गतेसम्म होटेलको उक्त कोठामा बसेर छाडी गएको प्रत्यक्षदर्शीहरुको भनाइका आधारमा थप छानविनका निम्ति तामाङ्गलाई समातिएको त्यहाँका प्रहरी प्रमुख नविनकिशोर प्रधानले बताए !

यस्तै, को’रोना म’हामारीले विश्व नै त्रा’हिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने को’रोना भा’इरस निर्मुल गर्ने औषधी तयार गरेको दा’बी गर्नुभएको छ । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडिबुटीको सम्मिश्रणबाट त्यस्तो औषधीको निर्माण गरेको दा’बी गर्दै राससलाई बताउनुभएको हो । भारतको बनारस हिन्दु विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा पिएचडी उपाधि हासिल गर्नुभएका डा. दासले करिब २५ दिनदेखि आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जीमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधी तयार गरेको जानकारी गराउनुभयो ।

वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदै डा. दासले सरोकारवालासँग सहयोगको आव्हान समेत गर्नुभएको छ । उहाँले को’रोना भा’इरसको औषधी निर्माण गर्न क’डा मेहनत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेको दा’बी पनि गर्नुभयो ।

यसअघि उहाँले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर बनाउनुभएको थियो । अध्ययन संस्थानका प्रमुख विजय यादवलगायतका वैज्ञानिक र रसायनविज्ञहरू आज उहाँले अनुसन्धान गरेकोे प्रयोगशालामा पुगेर जानकारी समेत लिनुभएको छ । चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानाडा लगायतका दर्जनौं मुलुकमा को’रोनाको उपचार पद्धति र औषधीको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधीको थप परीक्षण हुन बाँकी नै छ ।

नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य सङ्गठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निस्कर्षमा पुग्न सकिनेछ । डा. दासको दा’बीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्ने छ । विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा दास बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष समेत हुनुहुन्छ । रासस

Related Articles

Back to top button
Close