News

बहराइनमा भयो दुखद घटना, एक नेपालीको गयो यसरी ज्यान

काठमाडौँ, १६ जेठ । कोरोना संक्रमित एक नेपालीले बहराइनमा देह त्याग गरेको खबर सार्वजनिक भएको छ । उनी कोरोना पुष्टि भएपछि क्वारेन्टाइनमा बस्दै आएका थिए । कामदारका रुपमा वहराइन पुगेका उनले क्वारेन्टाइनमै देह त्याग गरेको खुलेको हो ।

नेपालमा स्थायी घर ताप्लेजुङ रहेका ३८ वर्षीय ति पुरुषको नाम खुल्न सकेको छैन । एक्सिलेन्सी इन्डस्ट्रियल एण्ड मेन्टिनेन्स कम्पनीमा कार्यरत नेपाली पुरुषको उपचार जारी थियो । बहराइनको राजधानी मनामास्थित नेपाली दूतावासले सो कुराको पुष्टि गर्दै भनेको छ उनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

राजदूत सुन्दासले बहराइनमा कोरोना संक्रमितको गुणस्तरीय उपचार भइरहेको भएपनि नेपालीले देह त्यागको वाटो रोजेको भन्दै दुख ब्यक्त गरेका छन् । उनले नेपाली समुदायलाई कोरोनावाट नअत्तालिन आग्रह गरेका छन् । वहराइनमा ‘अहिलेसम्म ३ सय ३१ जना नेपालीलाई कोरोना पुष्टि भएको छ । अधिकांश निको समेत भइसकेको अवस्थामा आत्तिन नहुने उनको सुझाव छ ।

१० हजार ५२ जनामा कोरोना पुष्टि हुँदा ३ सय ३१ जना नेपाली परेका हुन् । बहराइनमा कोरोना संक्रमितमध्ये १५ जनाको निधन भएको छ । जसमा १४ जना बहराइन र एक जना भारतीय नागरिक रहेको बुझिएको छ ।

सगरमाथा दिवसमा सुनसान सगरमाथा
आज मे २९ अर्थात् अन्तरर्रािष्ट्रय सगरमाथा दिवस । सतसट्ठी वर्ष पहिले आजकै दिन सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ । नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तरर्रािष्ट्रय रुपमै यो दिवस मनाउन निर्णय गरेको थियो ।

सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । त्यसपछि शुरु भएको आरोहणमा पछिल्ला दुई दशकमा निकै आकर्षण बढेको छ । पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरुले यो दिनलाई विशेष रुपमा मनाउने गरिन्छ । सगरमाथाले नेपाललाई विश्वमाझ चिनाइरहेको छ भने मे २९ मानिस र सगरमाथाबीचको सामिप्यता बढाउने दिन हो ।

यो वर्षको वसन्त ऋतुमा सगरमाथा सहित नेपालका सबै हिमालहरु सुनसान बनेका छन् । विगत वर्षमा यो समय आरोहीको भीडभाड तथा चहलपल बाक्लो हुने सगरमाथा क्षेत्रसहितका हिमाल एवं हिमशृङ्खला यो वर्ष भने विश्वभर फैलिएको कोरोना महामारीका कारण सुनसान बनेको छ । कोरोना भाइरस सङ्क्रमणको डरले यात्रा रोकिंदा आरोहीहरु आउन सकेका छैनन् । सरकारले सबै हिमाल आरोहण कार्य यो मौसमका लागि बन्द गरेको छ । सगरमाथा आरोहणका क्रममा अहिलेसम्म विभिन्न कीर्तिमानी कायम भएको छ । आरोहण यात्रा शुरु भएयता अहिलेसम्म करिब १२ हजारभन्दा बढी स्वदेशी तथा विदेशीले सगरमाथा आरोहण गरिसकेका छन् ।

तीन महिना सगरमाथाको आधारशिविर भरिभराउ हुने, त्यस क्षेत्र वरपर सरसफाइ गर्ने लगायतको काम हुने भए पनि अहिले सबै कार्य ठप्प भएको पर्यटन व्यवसायी किताबसिं तामाङको भनाइ छ । विसं २०७२ को महाविनाशकारी भूकम्पले थलिएको आरोहण क्षेत्र क्रमैसँग माथि उठ्दै गएको भए पनि यो वर्ष सुनसान हुने यहाँका पर्यटन व्यवसायीसहित सिङ्गो राज्यलाई नै ठूलो नोक्सानी भएको छ । जसले गर्दा यस क्षेत्रका होटल व्यवसायसमेत धरासायी बनेको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाको भनाइ छ ।

Related Articles

Back to top button
Close