News

रौतहटमा कोरोना संक्रमितको संख्या विस्फोटक बन्दै, आजमात्र ५६ संक्रमित थपिए

रौतहट, १६ जेठ । रौतहटमा एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको सख्या १ सय ८१ पुगेको छ ।

आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न शहरबाट भर्खरै रौतहट आएका नेपालीहरु रहेका छन् । संक्रमितहरु मध्ये राजपुर नगरपालिकाका ३३ जना, इशनाथ नगरपालिकाका १५ जना, मौलापुर नगरपालिका ६ तथा वौद्धिमाइ नगरपालिकाका २ जना रहेका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै स्थानीय पालिकाहरुका क्वारेन्टाइमा रहेका छन् । संक्रमित पुष्टि भएका सबैको स्वास्थ्य स्थिति सामान्य रहेको तथा संक्रमितहरुलाई गरुडा नगरपालिका स्थित प्रहरी स्कुलमा निर्माणाधीन आइसोलेसनमा राख्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा शुक्रबार दिउँसोसम्म क्वारेन्टाइमा बस्नेको संख्या ६ हजार नाघेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार मंगलबार दिउँसोसम्म जिल्लाका विभिन्न स्थानिय तहमा रहेका क्वारेन्टाइनमा ६ हजार ४ सय ३९ जना रहेका छन् ।

जसमध्ये ६ हजार १ सय ३३ पुरुष र ३ सय ६ महिला रहेका छन् । जिल्लामा भारतमा रहेका करिब १० हजार बढी जिल्लावासी घर फर्कने स्थानीय प्रशासनको अनुमान रहेको छ ।

अझैपनि स्वाव परीक्षणको रिर्पोट आउने क्रम जारी रहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । स्थानीय प्रशासनले क्वारेन्टाइन क्षेत्रमा स्थानीयको आवजावत बढेपछि सो क्षेत्रको २ सय मिटर वरपर निधेषाज्ञा जारी गरेको छ ।

Related Articles

Back to top button
Close