पनौतीमा ६३ वर्षपछिकै ठूलो विपत्ती
![]() |
---|
|
![]() |
काभ्रे, १६ जेठ । काभ्रेको पनौती नगरपालिका(७ मा रहेको पुण्यमाता खोला र विहावर (रोशी) खोलामा रहेका दुईवटा पुल बाढीले बगाएको छ।
पनौतीको त्रिवेणीघाट तथा ऐतिहासिक मन्दिर इन्द्रश्वर, पनौती पुरानो बजार लगायतका ठाउँमा आवतजावत गर्ने तथा वडा नम्बर ७ र ६ सङ्कटा जोड्ने पुल बाढीले बगाएको छ।
त्यस्तै वडा नम्बर ७ र ९ वृद्धाश्रम अगाडि भीमसेनस्थान जोड्ने पक्की पुल पनि अविरल वर्षापछि आएको बाढीले बगाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बाढीले पनौतीका दुई पक्की पुल बगाएको बताए।
पनौती ७ का वडा सदस्य पुरुषोत्तम कर्माचार्यले पुण्यामाता र रोशीखोलामा बुधबार आएको बाढीले दुई पक्की पुल बगाएपछि स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको बताए। पनौती क्षेत्रमा यति ठूलो बाढी विसं २०१३ असोज १३ गतेपछि पहिलोपटक आएको कर्माचार्यले बताए।
बाढीले सुकुम्वासी बस्तीभन्दा माथिको खोला छेउको टिपर गुड्ने बाटोसमेत क्षति पुर्याउनुका साथै एउटा निशान गाडी र एउटा स्कुटर बगाएको छ। यसैगरी सडक छेउमा पार्किङ गरी राखेको बा५ख ३६८९ नम्बर निशान ट्रक रोशी खोलामा आएको बाढीले बगाएर करिब २०० मिटर तल पुर्र्याएको छ।
यसैबीच नमोबुद्ध नगरपालिका ६ ज्यामिरेस्थित रोशीखोलामा दुवैतर्फबाट आएको बाढीका कारण फसेका पञ्च तामाङलाई प्रहरी चौकी भकुण्डेबेँसी र नेपाली सेना २६ नम्बर बाहिनी अङ्डा भकुण्डेबेँसीबाट खटिएको संयुक्त टोलीले सकुसल उद्धार गरेको छ।
![]() |
---|
|
![]() |
त्यस्तै रोशी गाउँपाालिका ३ शिखर आम्बोटेका चमारसिं लामा र इन्द्रमाया लामा रोशीखोलामा दुबैतर्फबाट आएको बाढीको कारण बीचमा फसेको अवस्थामा उनीहरुलाई सुरक्षाकर्मी र स्थानीय बासिन्दाले सकुशल उद्धार गरेका हुन्।