News

काठमाडौंमा अलपत्र परेका भारतीय लिएर दैनिक ३० बस भारततिर

काठमाडौं। लकडाउनका कारण सबै हवाई तथा स्थल यातायातहरु बन्द भएका छन्। लकडाउनको समयमा नेपालमा रहेका विदेशी नागरिकहरु पनि लामो समय यही थुनिए। चीन, अमेरिका, जर्मनी, फ्रान्स, रसिया र अष्ट्रेलिया लगायतका देशहरुले विमान नै चार्टर गरेर आफ्ना नागरिकलाई लिएर गए।

पछिल्लो समय भारतले समेत आफ्नो नागरिकलाई उद्धार गर्न थालेको छ, स्थल मार्गबाटै। काठमाडौं उपत्यका लगायत अन्य ठाउँमा रहेका भारतीय नागरिकलाई केही दिनेदेखि भारत लगातार लगिएको छ। बिहीबार पनि काठमाडौंका केही स्थानबाट मानिसहरु भारततिर लागेका छन्।

‘केही दिनदेखि भारतले आफ्ना नागरिकको उद्धार गरिरहेको छ। विभिन्न बसबाट मानिसहरु भारत गएका छन्,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले भने।

भारत सरकारले नेपाल सरकारसँग समन्वय गरेर गाडीको व्यवस्था गरी आफ्ना नागरिक लगेको प्रहरीले जानकारी दिएको छ। ३/४ दिनदेखि ३० देखि ३५ वटा बसले भारतीय नागरिक लगिरहेका छन्। नेपालमा आएर ज्याला मजदुरीदेखि व्यापार व्यवसाय गर्ने समेतलाई भारतले व्यवस्थित तरिकाले लगिरहेको हो।

पर्यटन प्रवर्द्धनका लागि सुरु गरिएको नेपाल भारत बस सेवाबाट भारतीय नागरिकलाई ओसारिरहेका हुन् उनीहरुले।

Related Articles

Back to top button
Close