News

पोर्चुगलमा पर्यटन भिषामा गएकाहरुले बच्चा जन्माए सिधै नागरिकता पाउने

एजेन्सी । अब एक वर्ष अघि देखि पोर्चुगलमा बसेकाहरुको छोराछोरीले पोर्चुगलमा सिधै नागरिकता पाउने भएका छन् । पोर्चुगल सरकारले ल्याएको नयाँ नागरिकता वितरण समबन्धी नीतिमा यस्तो उल्लेख छ । यो नीतिले पोर्चुगलमा बसेका नेपालीका छोराछोरीले चाहेमा अब त्यहाँको नागरिकता सजिलै लिन पाउने भएका छन् ।

जसअनुसार एक वर्ष अघिदेखि पोर्चुगलमा बस्ने आप्रबासीका छोराछोरी अब पोर्चुगलका नागरिक हुने भएका छन् । अहिलेसम्म बाबु अथवा आमामध्ये एकजना कम्तिमा २ वर्षसम्म बैधानिक रुपमा पोर्चुगल बसेको भए तिनका छोराछोरीले नागरिकता पाउने ब्यवस्था थियो ।

नयाँ नीति भने संसदबाट पास हुन भने बाँकी रहेको अन्तरािष्ट्रय सञ्चार माध्यमले जनाएका छन् । पोर्चुगल नेपालका लागि पनि वैदेशिक रोजगारीको गन्तब्य हो । एक वर्षसम्म बसोबास गरेका आप्रवासीहरुका बच्चालाई नागरिकता उपलब्ध गराउन राष्ट्रियतासम्बन्धी कानुनमा संशोधन गरी संसदमा टेबुल भएको छ ।

यदि राष्ट्रियता कानुनमा गरिएको संशोधनलाई संसदले स्वीकृति दिएमा नयाँ कानुन अनुसार नागरिकता पाइने छ । जसमा धेरै आप्रवासीका छोराछोरीले सजिलै नागरिकता पाउने छन् ।

पोर्चुगल सरकारले नयाँ आउने कानुनमा आप्रबासीका बालबच्चा एक वर्षभन्दा बढि समय पोर्चुगलमा वैधानिक रुपमा बसेको हकमा नागरिकता दिने व्यवस्था गर्न लागेको हो । यस्तै, विदेशी नागरिकको बालबच्चा पोर्चुगलमा जन्मिएको आधारमा पनि नागरिकता दिने गरी कानुनमा संशोधन गर्न लागिएको हो ।

यस्तै सरकारले पर्यटक भिषामा पोर्चुगल आएर भिषा अवधिमै बच्चा जन्माएको खण्डमा पनि त्यस्ता बच्चाले समेत नागरिकता पाउने ब्यवस्थ्था गर्न लागेको छ । उता, विभिन्न युद्धग्रस्त मुलुकबाट बेबारिसे अवस्थामा रहेका बाल बच्चालाई पोर्चुगल ल्याएर नागरिकता दिने सरकारी तयारी छ ।

Related Articles

Back to top button
Close