News

नेपालमा १ हजार १ सय ९८ संक्रमित

देश । पछिल्लो समय नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढ्दो छ । बिहिबार मात्र नेपालमा थप १ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टी भएको छ । एकैदिन यतिधेरै भेटिएको यो पहिलो पटक हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ९८ पुगेको छ । बिहिबार धनुषामा २९ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाले जनाएका छन् । उनका अनुसार धनुषामा संक्रमित हुनेमा ४ वर्षकी बालिका र ८ वर्षका बालक पनि छन् । अरु संक्रमित १४ देखि ७० वर्ष उमेर समूहका छन् ।

यसैगरी झापामा थप २५ जनामा संक्रमण पुष्टी भएको हो । कोसी अस्पतालमा गरिएको परीक्षणमा कचनाकवलका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका कुल ७९ जना कोरोना सङ्क्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापाका १५ पालिकामध्ये सबैभन्दा बढी संक्रमित कचनकवल गाउँपालिकाका हुन्। सङ्क्रमित हुनेमा सबैभन्दा बढी भारतको मुम्बइ, दिल्ली र गुजरातबाट रोजगारमा गएर फर्किएका छन्।

यसैगरी रौतहटमा २० नयाँ संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला , टेकुमा गरिएको परीक्षणमा १२ देखि ३० वर्षका ३ जना र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ वर्षीय बालिकदेखि ४० वर्षका पुरुषसम्म १७ जनामा संक्रमण देखिएको हो । यसैगरी महोत्तरीमा १७ जनामा सक्रमण पुष्टी भएको छ । संक्रमितहरु १५ देखि ४५ वर्ष उमेर समुहका छन् ।

सर्लाहीका ७ र सिराहाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने , सप्तरीमा १४ जनामा संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परिक्षणमा १८ देखि ४२ वर्षका १२ जना तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ३२ र ४७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, दैलेखका १७ देखि ४० वर्षका ७ पुरुष र २० वर्षीया महिला गरी ८ जनामा संक्रमण पुष्टि भएको छ ।

दोलखाका १९ र २० वर्षका २ पुरुष, सोलुखुम्बुका ५५ वर्षीय पुरुष, मकवानपुरका ५० वर्षीय पुरुष र नवलपुरका १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका ३ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो । २२ र २६ वर्षीय पुरुष र ४९ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगारी सेती अस्पतालमा गरिएको परीक्षणमा दार्चुलाका २५ वर्षीय पुरुष तथा कैलालीका २५ र ३० वर्ष गरी ३ जना कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

यस्तै भेरी अस्पताल, नेपालगञ्जको प्रयोगालामा गरिएको परीक्षणमा बर्दियाका ३ र बाँकेका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा बिहीबार एकैदिन २३ जना र रुपन्देहीमा १ नयाँ संक्रमित थपिएका छन् । कपिलवस्तुका २३ जनामध्ये विजयनगर गाउँपालिकाका ९ जना, कपिलवस्तु नगरपालिकाका १३ जना र महाराजगन्ज नगरपालिकाका १ जना छन् । पर्सामा ४ जना कोरोना संक्रमित थपिएका छन् । पर्साको पोखरीया नगरपालिकास्थित रामदेव साह कलवार स्कुल क्वारेन्टाइनमा बसेका ४ जनाको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । बिहीबार साँझ म्याग्दी सदरमुका बेनीमा मालिका गाउँपालिकाका ३० वर्षीय १ जना पुरुषमा पनि संक्रमण देखिएको छ ।

Related Articles

Back to top button
Close