News

आज काठमाडौंमा विहानैदेखि भीषण वर्षा, यस्तो छ आजको मौसम

काठमाडौं, १६ जेठ । आज शुक्रबार विहानैबाट काठमाडौं उपत्यका लगायत देशको विभिन्न ठाउँमा चट्याङसहित भारीबर्षा शुरु भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । नेपालको पुर्वी भु भाग नजिकै निम्न चापीय रेखा रहेको र स्थानीय वायुको पनि प्रभाव रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

राती देशको पुर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पुर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

Related Articles

Back to top button
Close