News

कतारमा पहिलो पटक कोरोनाबाट संक्रमण हुनेको भन्दा निको हुनेको संख्या बढी भयो

दोहा। खाडी मुलुक कतारमा पहिलो पटक कोरोना भाइरसबाट संक्रमित हुनेको भन्दा निको हुनेको संख्या बढी भएको छ। कतार सामाजिक स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको सुची अनुसार पछिल्लो २४ घण्टाको अवधिमा कुल १ हजार ६७ जना कोरोना संक्रमित भेटिएका छन् भने २ हजार १ सय १६ जना निको भएका छन्।

यो संगै कतारमा कोरोना भाइरसबाट निको हुनेको संख्या कुल १५ हजार ३ सय ९९ पुगेको छ। मन्त्रालयले आज सार्वजनिक गरेको सुची अनुसार ३ जना संक्रमितले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टाको अवधिमा स्वास्थ्य अवस्था जटिल भएका २३ जनालाई आइसीयुमा भर्ना गरिएको मन्त्रालयले जनाएको छ। यो संगै आइसीयुमा भर्ना हुनेको संख्या कुल २ सय १४ पुगेको छ।

भाइरसबाट पछिल्लो पटक मृत्यु हुनेहरु क्रमसः ८१ , ५० र २५ वर्ष उमेर भएकाहरु हुन्। मन्त्रालयले जानकारी गराए अनुसार सबै मृतकहरु अन्य रोगबाट समेत ग्रसित थिए।

कतारमा हालसम्म कुल ५० हजार ९ सय १४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। जस मध्य कुल ३५ हजार ४ सय ८२ जना उपचारत छन्। आज थपिएका तीन जना सहित ज्यान गुमाउनेको संख्या कुल ३३ पुगेको छ।

कतार स्वास्थ्य मत्रालयले २४ घण्टाको अवधिमा कुल ५ हजार ८ सय ५३ जनामा कोरोना परिक्षण गरेको थियो। हालसम्म कतारले २० लाख ७ हजार ३३ जनामा कोरोना परिक्षण गरिसकेको छ।

लकडाउनको पालना राम्रोसँग नगर्दा र एक अपसमा भौतिक दुरी कायम नगर्दा कोरोना भाइरस तिव्र रुपमा फैलिएको कतार स्वास्थ्य मन्त्रालयको ठहर छ। कतार स्वास्थ्य मात्रलेको भनाइलाइ उल्लेख गर्दै दि पेनिन्सुला कतारले लेखेको छ, ‘कोरोना भाइरसबाट बच्ने सबैभन्दा महत्वपुर्ण तरिका भनेकै घरभित्र बस्ने र सामाजिक दुरी कायम गर्ने हो।’

कतारमा कोरोना भाइरसको अवस्था चरम विन्दुमा रहेकाले पछिलो पटक संक्रमणको संख्या धेरै देखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ। पहिलेको तुलनामा अझ धेरै सावधानी अपनाउन मन्त्रालयले आम नागरिकलाई स्वास्थ्य मन्त्रालयलेसुझाव दिएको छ। पुर्व कुनै रोगबाट ग्रसित भएका र पाका उमेरका व्यक्तिलाइ कोरोना संक्रमणबाट बच्न अत्यन्तै सावधानी अपनाउन समेत मन्त्रालयको सुझाव छ।

यदि कसैमा कोरोनाको जस्तो लक्ष्ण देखिए तुरुन्त १६००० हेल्पलाइनमा सम्पर्क गर्न अथवा नजिककैको परिक्षणकेन्द्रमा गएर आफैं परिक्षण गर्न मन्त्रालयले अनुरोध गरेको छ। कतारमा कोरोना परिक्षण केन्द्रहरु क्रमसः मैधार हेल्थ सेन्टर, रदत अल खलिल हेल्थ सेन्टर, उम् सलाल हेल्थ सेन्टर र अल घराफा हेल्थ सेन्टर गरि कुल चार ठाउँमा रहेका छन्।

Related Articles

Back to top button
Close