News

आज थप ७६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ सय ६२ पुग्यो

काठमाडौं । प्रदेश २ मा आज थप ७६ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशा टेकुमा गरिएको परीक्षणमा प्रदेश २ का ६ जिल्लामा थप ७६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

प्रयोगशालाका अनुसार नयाँ संक्रमितमा धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, सर्लाहीका ७, सिरहाका ६ र रौतहटका ३ जना रहेका छन् ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ९ सय ६२ जना पुगेको छ । जसमध्ये १ सय ८३ व्यक्ति निको हुँदा ५ जना संक्रमितले ज्यान गुमाएका छन् ।

यसैगरि स्याङ्जाको वालिङमा ३ जना कोरोना संक्रमित थपिएका छन् । वालिङ नगरपालिकाको क्वारेन्टाइनमा रहेका २६ र २२ वर्षका २ जना पुरुष तथा ३९ वर्षकी महिला गरि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माले जानकारी दिए ।

उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् । संक्रमित तीनै ३ जनालाई सदरमुकामस्थित सरकारी अस्पताल ल्याउने तयारी भइरहेको छ । यससँगै स्याङ्जामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।

Related Articles

Back to top button
Close