News
भर्खरै कोरोनाबाट ललितपुरमा एक जनाको मृत्यु
![]() |
---|
|
![]() |
ललितपुर । कोरोना भाइरस संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ।ललितपुरको बुङमति घर रहेका ५७ वर्षिय पुरुषको ज्यान गएको ललितपुरकी सांसद पम्फा भुषालले समेत जानकारी दिएकी छिन् ।
ललितपुरको किष्ट अस्पतालमा उपचाररत उनको बुधबार साँझ निधन भएको हो ।बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए ।
डा. गेलालका अनुसार, ११ गते अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो । तर आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो । अस्पतालले १२ गते नै उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो ।उनको रिपोर्ट पोजेटिभ आएको छ । यद्यपि, कोरोनाका कारण मृत्यु भएको भनेर स्वास्थ्य मन्त्रालयले औपचारिक घोषणा गर्न भने बाँकी छ ।
![]() |
---|
|
![]() |