News

प्रेमिका लिन गएका नवराजलाई लखेट्ने गाउँलेको वयान, स्थलगत रिपोर्टिगं (भिडियो सहित)

जाजरकोट । रुकुमको चौरजहारीमा भएको घटनाले अहिले मुलुकमा एउटा तरंग ल्याएको छ । आफुले मनपराएको युवतीलाई विवाह गर्न भन्दै १९ जना साथी लिएर गएका नवराजको निधन भएको छ । उनीसंगै गएका अन्य दुई जना साथीको पनि शव फेला परेको छ भने अझै ३ जना फेला परेका छैनन् । गोताखोरको माध्यमवाट उनीहरुको खोजि जारी राखिएको छ ।

शनिवार भएको सो घटनाको वारेमा स्थलगत रिपोटिर्गमा गएको एउटा युट्युव च्यानलले सो गाउँका स्थानियसंग गरेको कुराकानी देखाएको छ । युवतीलाई लिन समुहका साथ गएका नवराजलाई स्थानियले लखेटेको बताइएको छ । त्यहाँका स्थानियले भने गाउँमा ठूलो संख्यामा युवकहरु आएपछि आफुहरुले उनीहरु किन आएका हुन् भनेर चासो राखेको बताएका छन् । उनीहरुले वडाध्यक्षले पनि उनीहरु त्यती ठूलो संख्यामा किन आए गएर बुझ्नु भनेर भनेको पनि स्थानियले बताएका छन् । स्थानियले उनीहरुको ज्यान नै लिने आफुहरुको कुनै उद्देश्य नभएपनि यस्तो अवस्थामा आएका उनीहरुलाई गाउँवाट वाहिर पठाउने पक्षमा भने गाउँले रहेको बताएका छन् ।

एक जना स्थानियले युवकहरु ठूलो संख्यामा आएको भन्नेवारे आफुले नै वडाध्यक्षलाई जानकारी गराएको बताए । आफुले जानकारी दिएपछि उनीहरुलाई समातेर प्रहरीलाई बुझाउन भनेको उनले बताएका छन् । उनले त्यो समुहमा नभएका ब्यक्ति पनि प्रहरीले पक्राउ गरेको बताएका छन् । उनले आफुहरुले कुनै आक्रमण नगरेको र गाउँका केही मानिस उनीहरुका बारेमा बुझ्न जाँदा आफै डराएर भागेको बताए । उनले आफु सहित ६ जनाको समुह गएको र आफुहरुलाई देखेर उनीहरु भागेको बताए । उनले प्रहरी सहित आफुहरु उनीहरु किन आएको हुन् भन्ने कुरा बुझ्न गएको बताए ।

उनीहरु गाउँले त्यसरी प्रहरी सहित जाँदा डराएर भागेको र नदिमा हाम फालेको आफुले देखेको बताएका छन् । उनले केहीलाई प्रहरीले पक्राउ गरेको पनि बताए । उनले त्यसरी गएका ६ जना गाउँले र उतावाट आएका युवकका टोलीका केहीलाई पनि पक्राउ गरेको पनि बताए ।

Related Articles

Back to top button
Close