News

फेरी थपिए ११ जना कोरोना संक्रमित, कुल संख्या ७८३ पुग्यो

काठमाडौं । मंगलबार साँझ सप्तरीमा ११ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएसँगै संक्रमितको संख्या ७ सय ८३ पुगेको छ । थपिनेमा एक जना महिला र बाँकी सबै पुरूष छन् । संक्रमितहरूमा बोदेबरसाइन नगरपालिकाका ८, बलानबिहुल गाउँपालिकाका २ र सुरुङ्गा नगरपालिकाका एक जना छन्। उनीहरूलाई राजविराजस्थित गजेन्द्रनारायण अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकार िदिनुभयो ।

संक्रमितहरू सबै भारतबाट आएको स्वास्थ्य प्रमुख यादवले जनाए।

Related Articles

Back to top button
Close