काठमाडौँ । नेपाल प्रहरीका पूर्व डिआइजी राजनीतिमा प्रवेश गरेका छन् । प्रहरी सेवाबाट अवकाश पाएसंगै उनी राजनीतिमा छिरेका हुन् ।
पछिल्लो समय नेता खरेल काठमाडौँ महानगरपालिकाका लागि मेयरमा उम्मेदवार दिने तयारी गरिरहेका छन् । निर्वाचन आयोगले जारी गरेको मापदण्ड अनुसार भने उनी काठमाडौँ महानगरको उम्मेदवार बन्न अयोग्य भएका छन् ।आयोगले जारी गरेको १८ बुँदे मापदण्डमा
जुन स्थानीय निकायको उम्मेदवार बन्ने हो त्यहाँको मतदाता नामावलीमा नाम हुनुपर्ने उल्लेख छ । उनी काठमाडौँ महानगरपालिकाको नभई काभ्रे पाँचखाल नगरपालिका वडा १२ को मतदाता हुन् ।स्थानीय तहको निर्वाचन आगामी वैशाख तीस गतेबाट हुँदैछ । काठमाडौँ महानगरका हालका मेयर विद्यासुन्दर शाक्य हुन् ।
यस्तै सत्ता गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसले आगामी चुनावमा गठबन्धन गरेर अगाडी जाने निर्णय गरिसकेको छ । गठबन्धन भयो भने काठमाडौँ महानगरमा फेरी एमालेकै मेयर हुने सम्भावना कम रहेको छ ।वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा काठमाडौँको मेयर उठ्नेबारे खरेल सकारात्मक देखिएका छन्।
पुसमा खरेलले नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए। त्यसयता उनी सो पार्टीको संगठन विस्तारमा छन्। सरकारले अर्का डीआइजी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि खरेलले ०७४ सालमा नेपाल प्रहरीबाट राजीनामा दिएका थिए।
Comment