News

अर्को कहालीलाग्दो घटना: विवाह कै दिन बेहुलीको निधन घटनाको विवरण यस प्रकार छ

बुटवल । वेहुली बनेर जिवनका आगामी दिनको कल्पना सजाउँदै गएकी एक युवतीले त्यसै दिन आफ्नो जिवन समाप्त गरेकी छन् । जातिय विभेदका कारण एक किशोरीले अनाहकमा आफ्नो जिवन त्याग गर्ने निर्णयमा पुगेकी हुन । कथित उपल्लो जातसंग विवाह गरेकी एक किशोरीले चरम जातीय विभेदको ज्यादती खेप्दै अकालमा ज्यान गुमाउनु परेको हो । प्रदेश ५ को रुपन्देहीमा भएको यो घटनाले अहिले मुलुकभर चर्चा छ । जातिय विभेदको यो चरम नमुनाले लोकतन्त्रकै खिल्ली उडाएको छ । दुई दिनकै फरकमा नेपालमा जातिय विभेदका कारण ४ जनाले ज्यान गुमाएका छन् । त्यस्तै कर्णाली प्रदेश रुकुम पश्चिममा पनि जातिय विभेदका कारण वेहुला सहित तीन किशोरको ज्यान गएको छ । वेहुली लिन भन्दै १९ जना साथी लिएर जाजरकोट गएका उनको ज्यान गएको हो । ति युवकलाई साथ दिन गएका अन्य २ जनाले पनि ज्यान गुमाएका छन् ।

रुपन्देहीको देवदह नगरपालिका वडा ११ बड्की गुम्बाकी १५ वर्षीया दलित समुदायकी किशोरीले पारिवारिक उत्पिडन सहन नसकेर ज्यान गुमाएकी छन् । उनी विवाह गरेर पतिको घर गएकी दिन झु’ण्डिएको अवस्थामा मृत फेला परेकी थिएन् । किशोरी अङ्कारा पासी बेहुली बनेकै दिन मृत फेला परेकी हुन् । देवदहकी अङ्घिरा पासीले स्थानीय २२ वर्षीय वीरेन्द्र भरसँग प्रेम विवाह गरेकी थिइन् । गत जेठ ९ गते गाउँमा भएको भेला र छलफल पछि वडाका वडाध्यक्ष अमरबहादुर चौधरी लगायतका समाजसेवीले उनीहरुलाई विवाहको अनुमति दिएका थिए । जनप्रतिनिधिले नै किशोरको जिम्मा लगाएर घर पठाइएकी किशोरी मृत फेला परेकी हुन् ।

घर गएपछि किशोरको आमाले जातिय विभेद गर्दै लाच्छना लगाएपछि उनले यस्तो निर्णय लिएको प्रारम्भिक अनुसन्धानवाट देखिएको छ । आमा भौतिक आक्रमणमै उत्रिएपछि उनी शनिवार घर नजिकैको एउटा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । किशोरीका माइती पक्षले आफ्नो छोरीले आफै यस्तो गरेको नभई उनको ह त्या गरेर रुखमा झु’ण्ड्याएको आरोप लगाएका छन् ।

यता, कर्णाली प्रदेशको जाजरकोटका २० वर्षीय नवराज बिकले पनि जातीय विभेद र अन्तरजातीय प्रेम सम्बन्ध कै कारण ज्यान गुमाउनु परेको छ । उनलाई जन्ती बनेर साथ दिन गएका अन्य दुई साथीको पनि ज्यान गएको छ । परिवारकै एक्ला छोरा नवराजको निधनले उनको परिवार विछिप्त बनेको छ ।

यो पनि : प्रेमिकालाई श्रीमती बनाउँन गएका नवराज, प्रेमिककै अघि आफै संसारबाट बिदा भए !

तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे । नवराज र उहाँका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन् । तर जब युवा सोती पुगे, माहोल एकाएक बिग्रियो ।

कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि उनीहरु विवाह बन्धनमा बाँधिन चाहन्थे । तर, नवराजका आमाबाबालाई भने अन्तरजातीय विवाह मन परेको थिएन । छोराले ढिपी गरेपछि हुन्छ भन्ने मुडमा आफूहरु पुगेको अभिभावक बताउँछन् । त्यसैले नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन सोती गएका थिए ।

पटक–पटक मानसिकरूपमा तनाव र शारीरिकरूपमा कु’टपि’ट व्यहोरोका नवराजलाई शनिबार ठूलो सङ्ख्यामा साथी लिएर आउनु भनी युवतीले सल्लाह दिएका कारण सोहीअनुसार १९ साथी लिएर सोती गएका थिए । जब उनीहरु घर नजिकै पुग्दा युवतीभन्दा, युवतीकी आमाको नजर युवामा प¥यो । त्यसपछि उहाँले “जति पि’टाइ खाए पनि केही लागेन है, फेरि आइस् आज त मा’रेर फालिन्छ” भन्दै गाउँका मानिसलाई बोलाएपछि युवामाथि कु’टपि’ट शुरु भएको घाइते युवा आशिष विकले बताए । कु’टपि’ट शुरु हुँदै गर्दा आफूहरु भागेर करिब चार किलोमिटर दूरी पार गरेको आशिषको भनाइ छ । लखेटी–लखेटी भेरी नदीसम्म पु¥याउँदा धेरै साथी घाइते भएको उनको दाबी छ । नवराजको शनिबार नै निधन भयो भने ज्यान बचाउन नदीमा हामफालेकामध्ये चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढाको पानीमै डुबेर निधन भयो । कु’टाइबाट घाइते भएका युवाले पानीमा पौडिन नसक्दा निधन भएको घाइतेले बताएका छन् । अन्य भेरी नगरपालिकाका सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बेपत्ता छन् ।

मृतक युवाका बुवाले भन्नुभयो, “हाम्रो जात नमिलेकै हो, यो विवाह ठिक छैन भनेर मैले पटक–पटक भनेको थिएँ । दुईपटक प्रहरीकहाँ उहाँहरुले आफँै उजुरी गर्दा छलफलमा जाँदा उहाँहरु आफँै छलफलमा नआउँदा हामी फर्किएका थियौँ ।” नवराजका बाबाका अनुसार ती युवती पुसमा दुईपटक नवराजको घरमा आएकी थिइन् । नवराजका बुवाले यो अन्तरजातीय कुरा भएकाले सम्भव छैन भनी पठाइदिएका थिए । “शनिबार बुहारी लिन जाँदा यो अवस्था आयो”, नवराजका बुवाले भन्नुभयो ।

घाइते युवा सरोज भँडेल भन्छन्, “हामी आधा घण्टासम्म सडकमा दैडिरहेका थियौँ । सडक तेर्साे भएकाले मारिने डर भएपछि नदीमा हा’मफालेका थियौँ । आफूहरुले नदीमा हा’मफाले पनि ढु’ङ्गामु’ढा गर्न छाडिएन । प्रहरी आएपछि हामीलाई पक्राउ गरेपछि बल्ल हामी सुरक्षित भएको महसुस भयो ।”

घटनामा दोषी रहेको आरोपमा रुकुम प्रहरीले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ललगायत १२ जनालाई पक्राउ गरिएको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएएपी) किशोर श्रेष्ठले बताउनुभयो । मृतक युवाको शव जाजरकोट अस्पतालमा राखिएको छ । घटनालाई ढाकछोप गर्न खोजिएको भन्दै आफन्तले शवको परीक्षण गर्न दिएका छैनन् ।

रुकुमपश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले दुवै जिल्लाका प्रहरीबीच समन्वय भएर छलफल चलिरहेको र अनुसनधान पनि जारी रहेको बताउनुभयो । त्यस्तै घटनाको न्यायिक छानविन होस् र पीडितले न्याय पाऊन् भन्दै प्रतिनिधिसभा सदस्य सत्य पहाडीले माग गर्नुभएको छ । त्यस्तै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत भन्नुभएको छ, “नेपाल प्रहरीलगायत सम्बन्धित निकायको तर्फबाट तदारुकताका साथ उक्त घटनाको अध्ययन र अनुसन्धान कार्य भइरहेको छ, विश्वास गरौँ, घटनाको उचित छानविनसहित दोषीहरुलाई कारवाही हुनेछ । अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन सबैले सहयोग गरौँ ।”

मृतक तीनै जनाको शव भेरी नदी किनारमा भेटिएको थियो । अन्यको खोजीकार्य जारी रहेको छ । घटनामा परेर भेरी नगरपालिकाका सुदीप खड्का, मदन शाही, सरोज भँडेल, आशिष विकलगायत १२ घाइते भएका छन् । खड्का र शाहीको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ भने अन्य सामान्य उपचारपछि घर फर्केका छन्

साभार http://www.etajakhabar.com

Related Articles

Back to top button
Close