धर्तीका कुनैपनि शक्तिले एमसिसी पास गर्न सक्दैन् : झलनाथ खनाल (भिडिओ सहित)
![]() |
---|
|
![]() |
काठमाडौं, १३ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाल अत्यन्तै अस्थिर भएको बेलामा र सबै पक्षसँग छलफल नगरी एमसिसी सम्झौता भएकोले नेपालमा यो सर्वाधिक विवादको सम्झौता बनेको स्पष्ट पारेका छन् ।
सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अघि भने,’यो सम्झौतामा नलेखिएपनि एमसिसी ईण्डो प्यासिफिक स्टाटेजीकै एउटा अंग हो भनेर अमेरिकी नेताहरुले पटक पटक बोलिरहेका छन् । यसलाई हामीले बेवास्ता गर्न सक्दैनौं । दोस्रो कुरा भनेको एमसिसी सम्झौताकै धेरै प्रावधानहरु आपत्तिजनक छन् ।
अपमानजनक छन् । नेपालको सार्वभौमसत्तामाथि प्रश्न उठ्ने खालका छन् । त्यसो हुनाले हाम्रो पार्टीले गम्भिर रुपमा बहस गरेको छ । केन्द्रिय कमिटीको दोस्रो बैठकले कार्यदसमेत बनायो । कार्यदले एउटा रिपोर्ट दिएको छ । त्यो रिपोर्टको बारेमा पार्टीले अहिलेसम्म छलफल नै गरेको छैन् । पार्टीले छलफल नै नगरी यो पारित हुने कुराको त कल्पनै नगर्नुहोस् ।’
जबसम्म नेकपाले के गर्ने भन्नेबारे एउटा टुँगोमा पुग्दैन त्यतिबेलासम्म कसैले भनेर यो पास वा फेल नहुनेपनि उनको दाबी छ । उनले थपे,’कमरेड केपी शर्मा ओली नेकपाको अध्यक्ष हो । नेकपाको सर्वेसर्वा होईन । उहाँले जे बोल्यो त्यही हुन्छ भन्ने कुरा छैन् । उहाँले बोल्ने कुरापनि पार्टीको एउटा भ्वाईस हो । पार्टीको एउटा भ्वाईस होला ।
पार्टीका विभिन्न कमरेडहरुको भ्वाईस होला । तर, यो पार्टीको भ्वाईस भनेको केन्द्रीय कमिटीको भ्वाईस हुन्छ । स्थायी समितिको भ्वाईस हुन्छ । सचिवालयको भ्वाईस हुन्छ । अहिलेसम्म कार्यदलको रिपोर्टमा खोई छलफल गरेको ? सबभन्दा पहिला प्रधानमन्त्रीले यो छलफल गराउनुपर्दैन् ? पार्टी कमिटीमा राखेर छलफल गराउनुपर्दैन् ? त्यसबारेमा निर्णय गराउनुपर्दैन् ।
पार्टीको निर्देशनबिना उहाँले पास गराउँछु भनेर पास हुन्छ ? पास हुँदैन् । त्यसो भएको हुनाले जबसम्म नेकपा नामको यो गौरवमय पार्टीले संस्थागत रुपले निर्णय गर्दैन्, तबसम्म यो धर्तीका कुनैपनि शक्तिले यो पास गर्न सक्दैन् ।’
![]() |
---|
|
![]() |
उसो भए प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेरपनि एमसिसी पारित हुनसक्दैन त भन्ने धमलाको अर्को प्रश्नमा उनले भने,’कसैले चाहेरपनि हुँदैन् । नेकपाले चाहनुपर्छ । नेकपाले चाह्यो पास हुन्छ । नेकपाले चाहेन, पास हुँदैन् ।’