News

नेपाल भारतमा अत्याधिक प्रयोग भएको यो औषधिले बिरामीको मृत्यु भइरहेको डब्लुएचओको खुलासा

काठमाडौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस बिरामीलाई हाइड्रोक्सिक्लोरोक्वाइनको खुवाएर गर्ने गरिएको क्लिनिकल ट्रायल खारेज गरेको छ । नेपाल, भारत लगायत अमेरिकामा अत्याधिक प्रयोग भइरहेको यो औषधिले मानिसको मृत्यु भइरहेकोपनि डब्लुएचओले खुलासा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिफारिश गरेको भनिएको मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्वाइनको उपयोगले बिरामीको ज्यानमाथि जोखिम बढ्ने भन्दै डब्लुएचओले यसको ट्रायल परीक्षणलाई रोके लगाएको जनाएको छ ।

यो औषधिको डेटा अध्ययनको पुनरावलोकन गर्दा जीवन सुरक्षामा ख तराको जोखिम देखिएकोले परीक्षण रोक्न भनिएको डब्लुएचओका प्रमुख ट्रेडोस अधानोम गेब्रेयसेसले पत्रकारहरूलाई भनेका हुन् । कोभिड–१९ को नियन्त्रणका लागि अन्तर्राष्ट्रिय कार्यक्रम सोलिडारिटीको एक अंगको रूपमा यो परीक्षण गरिएको थियो ।

बेलायतको मेडिकल जर्नल ‘द लान्सेट’ले यो औषधिको अन्य असर ‘साइड इफेक्ट्स’को बारेमा गरिएको अध्ययन प्रकाशित गरेपछि डब्लुएचओले यो निर्णय लिएको हो । हाइड्रोाक्सक्लोरोक्वाइनको प्रयोगबाट मृत्युदर समेत बढेको अध्ययनमा जनाइएको छ । मलेरियाको उपचारका लागि प्रयोग गरिने यो औषधिको सुरुवाती असर कोभिड–१९का बिरामी सकारात्मक देखिएको तुलनामा यो अध्ययन प्रतिकुल देखिएको हो ।

यो औषधिको साइडइफेक्टको रूपमा मुटुको समस्या हुने डब्लुएचओका पदाधिकारी रेयानले जनाएका छन् । ट्रम्पले केही दिन अघि यो औषधिको पुरा सेवन गरी आफू ठीकठाक रहेको पत्रकारहरूलाई बताएका थिए । ट्रम्पको यो अभिव्यक्तिको अमेरिकी मिडियामा व्यापक आलोचना भएको थियो ।

कोभिड –१९ को खोपको अभावमा विभिन्न कम्पनीहरूले यस्ता विभिन्न औषधिलाई उपचारको रूपमा प्रस्तुत गर्न खोजेको देखिएको छ । हाइड्रोक्सिक्लोरोक्वाइन जस्तै अर्को कम्पनीले रेम्डीसिभिरको विकास गिलिड साइन्सले चमत्कारी औषधिको रूपमा प्रस्तुत गरेको थियो । यो औषधिको लागत एक डोजको लागत ३९० अमेरिकी डलर देखि ४५०० अमेरिकी डलर बराबर भन्दा बढी हुन सक्ने देखिएको छ ।

Related Articles

Back to top button