News
विदेशमा दुःख पाएका नेपालीलाई छिटै नेपाल फर्काउँछौँ : प्रधानमन्त्री
![]() |
---|
|
![]() |
काठमाण्डौ / प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि कारणले कोरोनाविरुद्धको युद्ध कम नहुने बताउनुभएको छ । देशवासीको जीवन जोखिममा नपार्न सरकार हदैसम्मका काम गर्न तयार रहेको देशवासीका नाममा सम्बोधन गर्नुहुँदै ओलीले बताउनुभयो ।
सरकारको यस काममा देशवासीले दिएको समर्थन र सहयोगप्रति प्रधानमन्त्री ओलीले धन्यवाद पनि दिनुभयो ।
स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई ल्याउन विस्तृत योजनासहितको आदेश छिटै जारी हुने ओलीले बताउनुभयो । यसको लागि सरकारले तयारी गरिरहेको उहाँको भनाइ छ ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सीमा पार गर्दा जाँच गर्नुपर्नेमा भारतबाट नेपालीहरु परीक्षणबिनै फर्किरहेको र यसले महामारी फैलाउन भूमिका खेलको प्रधानमन्त्रीले भन्नुभयो ।
उहाँले थप दायित्वका साथ स्थानीय तहले विदेशबाट आएकाहरुलाई व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
![]() |
---|
|
![]() |