Entertainment

मेसेज र कमेन्ट पठाउनु अगाडी नाम थर हेर्न बर्षाको आग्रह

नायिका बर्षा राउतले राष्ट्रियताको विषयमा बोलेका केही संवादले केही दिन यता सामाजिक सञ्जाल तातिरहेको छ । राष्ट्रियताको विषयमा बर्षा राउतले दिएको अभिव्यत्तिलाई लिएर उनको चर्को बिरोध भैरहेको छ । भलै उनले माफी मागिसकेकी छिन् ।

बोल्ने क्रममा केही शब्द तलमाथि भएमा माफी माग्दा समेत सामाजिक सञ्जालमा नायिका राउतको आलोचना साम्य भैसकेको छैन् । यस्तैमा अर्की बर्षा नाम गरेकी नायिका बर्षा सिवाकोटीले मेसेज र कमेन्ट पठाउनु अगाडी नाम र थर हेर्ने कष्ट गरिदिन आग्रह गरेकी छिन् । आफ्नो अफिसियल फेसबुकमा बर्षा सिवाकोटीले नमस्ते म बर्षा सिवाकोटी । ‘मेसेज र कमेन्ट पठाउनु अगाडी नाम थर हेर्ने कष्ट गरिदिनु होला’, बर्षाले लेखेकी छिन् ।

यसको मतलब नायिका बर्षा सिवाकोटीलाई बर्षा राउत सम्झिएर गाली गलौज आइरहेको छ । भनेपछी राउतको भागको प्रसाद शिवाकोटीको भागमा पर्यो हगि, बर्षाको फेसबुक पोस्टमा एक जनाले आफ्नो प्रतिक्रिया दिएका छन् ।

Related Articles

Back to top button
Close