News

ओलीको गृह जिल्ला झापामा मंसिरदेखी पाईपबाट घरघरमा ग्यास

झापा १२ जेठ । झापाको कन्काई नगरपालिका – २ मा अवस्थित कन्काई विर्ता अर्जुन नविकरणिय बैकल्पिक उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

उर्जाको निर्माण कार्य आगामी भदौ सम्ममा सम्पन्न गर्ने लक्ष्य भएपनि लकडाउनका कारण आगामी मंसिर सम्ममा सम्पन्न गरिने कम्पनीका प्रबन्ध निर्देशक दिपक चापागाईले जानकारी दिनुभयो । कम्पनीको चार हजार घनमिटरको ग्यास च्याम्बरको ढलान कार्य सम्पन्न भईसकेको छ । कम्पनीले पहिलो चरणमा कन्काई नगरपालिका – २ र ३ का ९ सय घरधुरिलाई पाईपलाईन मार्फत ग्यास वितरण गरिने र आगामी दिनमा दुई हजार घरधुरीलाई ग्यास वितरण गर्ने लक्ष्य रहेको चापागाईले बताउनुभयो ।

कम्पनीलाई विश्व बैँकको बैकल्पिक उर्जा प्रबन्धन केन्द्र नेपालको ५ करोड ४८ लाख सहयोग रहेको छ । यस्तै कन्काई, विर्तामोड र अर्जुनधारा नगरपालिकाले ५०/५० लाख लगानी गरेका छन् । कम्पनीमा ७ सय शेयर सदस्यमार्फत १० हजारदेखी ५ लाखसम्मको लगानी रहेको छ । १८ करोड रुपैयाको लागतमा निर्माण हुने सो परियोजना निर्माणका लागि कम्पनीले ५७ कट्ठा जग्गा खरिद गरेको छ भने ५४ लाख रुपैयाको लागतमा सन्का खोलामा बाँध बाँधेको छ ।

तीन वटै नगरपालिकाको कुहिएर जाने फोहोरमैला संकलन गरी कुखुराको सुली र गाईबस्तुको मलमुत्र, मकैका ढोडलाई कच्चा पदार्थको रुपमा प्रयोग गरी दैनिक १० टन झोल र ठोस मल उत्पादन गरी नगरमा अग्र्यानिक खेतीतर्फ प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।

Related Articles

Back to top button
Close