News

एमसीसी पारित हुँदैन, प्रधानमन्त्रीले पार्टीको आदेश मान्नुपर्छः देव गुरुङ

काठमाडौं, १२ जेठ । सत्तारुढ नेपाल कम्युनिसट पार्टी (नेकपा)को संसदीयका प्रमुख सचेतक देव गुरुङले पार्टीको निर्णयविना एमसीसी पारित हुन नसक्ने चेतावनी दिएका मछन् ।

नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रमुख सचेतक गुरुङले एमसीसी परित गर्ने विषयमा पार्टीबाट निर्णय गराउनुपर्ने बताए । ‘सरकार वा प्रधानमन्त्रीले भन्दैमा पार्टीले मान्नु पर्छ भन्ने छैन’, उनले भने, ‘सरकारले वा प्रधानमन्त्रीले पार्टीको निर्णय मान्नुपर्छ ।’

गुरुङले बहुदलीय व्यवस्थामा पार्टीको निर्णय सर्वोपरी हुने बताए । ‘नेकपाको निर्णयलाई सरकारले कार्यान्वयन गर्ने हो’, उनले भने, ‘राष्ट्रिय महत्व र दीर्घकालीन असर पर्ने निर्णय गर्दा पार्टीको निर्णय अनिवार्य हुन्छ ।’

अहिलेकै अवस्थामा एमसीसी पारित गर्नु राष्ट्रघाती हुने भन्दै उनले एमसीसी कुनै हालतमा पारित हुन नदिने बताएका छन् ।

एमसीसीलाई अमेरिकाले नै आफ्नो सैन्य परियोजना अन्तर्गतकै विषय भनेर भनिसकेकाले सैन्य परियोजनालाई पारित गर्न नहुने नेकपाका प्रमुख सचेतक गुरुङले बताए ।

नेपाल सरकार र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सैन्य परियोजना होइन भनेपनि पत्याउन सकिने आधार नरहेको नेता गुरुङले बताए ।

एमसीसीका बारेमा पार्टीभित्र चरम मतभेद रहेको स्वीकार गर्दै उनले पार्टीमा व्यापक छलफल भएपछि जे निर्णय हुन्छ, त्यही अनुसार गर्नुपर्ने उनले बताएका छन् ।दैनिक नेपालबाट

Related Articles

Back to top button
Close