International

कोरोना संक्रमित आमाले दिइन् जुम्ल्याहा बच्चाको जन्म

काठमाडौं । भारतको मध्य प्रदेशमा एक कोरोना संक्रमित महिलाले स्वस्थ जुम्ल्याहाको जन्म दिएकी छन् । अहिले यो समाचार भारतमा भाइरल बनेको छ । यो प्रदेश कोरोना भाइरसबाट सबैभन्दा प्रभावित भारतीय राज्यमा पर्छ ।

अस्पतालका चिकित्सक सुमित शुक्लाले सुत्केरीपछि आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । ती महिला नर्मल डेलिभरी भएकी छन् । मध्य प्रदेशमा चौथो चरणको लकडाउन चलिरहेको छ ।

लकडाउनकै समयमा संक्रमित महिलाबाट जुम्ल्याहा बच्चा जन्मिएका हुन् । मध्य प्रदेशमा मात्रै संक्रमितको संख्या ६ हजार पुगेको छ । ज्यान गुमाउनेको संख्या २ सय ५० नाघेको छ । एजेन्सी

Related Articles

Back to top button
Close