News

बाँकेका ४ र बर्दियाका १ जनामा कोरोना संक्रमण पुष्टि, बाँकेका संक्रमित ४ युवा एकै गाउँका

दाङ, ११ जेठ । आइतवार बेलुका बाँकेका ४ र बर्दियाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दाङको राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणको रिपोर्टमा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ५ का १६, २३, २३ र २४ बर्षीय युवाहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणपुर भवनपुर माविको क्वारेन्टाइनमा बसेका चार जनामा कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले जानकारी दिनुभयो । आइतवार बेलुका नै बर्दिया जिल्लाको बाँसगढी वडा नं. ९ निवासी २५ बर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८ पुगेको छ । तीमध्ये ८७ जना उपचारपछि घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ।

आइतवार दाङ,बाँके, बर्दियाको गरी २ सय २९ वटा नमूना परीक्षण गर्दा २ सय २४ जनाको रिपोर्ट नेगेटिभ आएको पनि बताइएको छ । आइतवार थप २ सय ६६ वटा नमूना प्रक्रियामा रहेको प्रतिष्ठानले जानकारी दिएको छ ।

हालसम्म प्रतिष्ठानमा १ हजार ६ सय ६४ वटा नमूना संकलन भएका मध्ये १ हजार ३ सय ७८ रिपोर्ट परीक्षण गरिएको छ । त्यसमा ३६ जनाको रिपोर्ट पोजिटिभ आएको छ भने १ हजार ३ सय ४२ जनाको नेगेटिभ आएको छ ।

Related Articles

Back to top button