News

नेपालकी पहिलो कोरोना संक्रमित नर्सको दोस्रो रिपोर्ट नेगेटिभ, आज डिस्चार्ज हुदै

कपिलवस्तु । कपिलवस्तु अस्पतालमा कार्यरत कोरोना संक्रमित नर्सको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि आजै डिस्चार्ज हुनुहुने भएको छ। पहिलो स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएकोमा दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएको हो। उहाँले आफू संक्रमणमुक्त भएको जानकारी दिदै अस्पतालले आज डिस्चार्ज गर्न लागेको बताउनुभयो । उहाँमा कोरोना संक्रमण रहेको वैशाख ३० पुष्टि भएको थियो। उहाँले आफू पूर्णस्वस्थ भएको जानकारी दिदै घरमा गएर पनि सात दिन सेल्फ क्वारेनटाइनमा बस्ने बताउनुभयो ।

उहाँले १३ दिनसम्म अस्पताल बस्दा आफ्नो स्वास्थ्यको लागि शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद दिदै कोरोनासंग लड्न आत्मबल मिलेकाे बताउनुभयो । कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किशोर वन्जाडेले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आइसोलेसन वार्डमा राखेर उपचार गरिएकोमा अहिले कोरोना रिपोर्ट दोस्रो पटक नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागेको आफुलाई बताउनुभएको नर्सले जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close