News

काठमाडौंको टोखामा माेटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौं / काठमाडौंको टोखा नगरपालिका–२, झोर नजिकै पञ्चेटारमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । ज्यान गुमाउनेमा झोरका २० वर्षीय पासाङ तामाङ र मनोज दुलाल रहेको वडा नम्बर १ का वडाअध्यक्ष श्रीकृष्ण अधिकारीले बताउनुभयो।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालका अनुसार सामाखुशीबाट झोरतर्फ जाँदै गरेको बा ८५ प ५६६ को मोटरसाइकल तामाङ र झोरबाट टोखातर्फ आउँदै गरेको मोटरसाइकल २२ वर्षीय दुलालले चलाइरहेका थिए ।

दुलालको मोटरसाइकलमा सवार मथुरा दुलाल पनि गम्भिर घाइते रहेको लम्सालले बताए । तीब्र गतीमा रहेको तीनवटा मोटरसाइकल एकआपसमा जुध्दा घटना भएको प्रहरीको भनाइ छ । थप अनुसन्धान भइरहेको छ ।

Related Articles

Back to top button
Close