News

‘नेपालको अस्तित्व समाप्त गर्न जोसँग पनि हात मिलाएर हिड्ने गद्दार हुन बाबुराम’

-दीर्घराज प्रसाई

बाबुराम भट्टराईले जति नैं नुहाए पनि ‘गधालाई जति नैं नुहाए पनि गाई हुँदैन’ भने जस्तै हो ! बाबुराम भट्टराई गद्दार हुन् ! Who is Baburam Bhattarai? Watch-all about Baburam Bhattarai-

ब्वाँसाको दाँत झरे पनि उसले गाई–भैसीलाई कन्याउँदै आन्द्रा चुडाएर खाने प्रवृत्ति छोड्दैन भनेझैं बाबुराम भट्टराई पनि त्यस्तै हो । हो, बाबुराम भट्टराईलाई अझै पनि कतिपय नेपालीहरु विद्वानको दृष्टकोणले हेर्ने गर्छन् । मैले पनि २०५४ सालदेखि बाबुराम भट्टराईलाई एक सशक्त देशभक्त ठान्थें । त्यसबेला म उनको समर्थनमा लेखहरु पनि लेख्ने गर्थे । तर जब बाबुरामहरुले सत्रौं हजार नेपाली नागरिकको रगतमा होली खेले, विकासका पूर्वाधारहरु नष्ट गरे, तिनै अपराधीहरुले नेपालमा केही गर्छन् भनेर अब पनि पत्याउनु भनेको मुर्खता हो ।

जुन रुखको फल खाइन्छ त्यसैको जरा खन्ने प्रवृत्ति हो बाबुरामका नयाँ नयाँ कुरा गरुण पुराणको तेस्रो र सातौं अध्यायमा दुनियाँ ठगी खाने, लुट्ने, दुनियाँलाई दुःख दिने चण्ड र प्रचण्डको चर्चा छ । उनीहरु त पछि पश्चाताप गरेर सुध्रिन्छन् । तर नेपालका यी चण्ड (बाबुराम) र प्रचण्डहरु सुध्रिन सक्ने स्थिति देखिदैन । ‘खाना खाने बेलामा त कालले पनि छोड्छ’ भन्छन्, तर यी चण्ड र प्रचण्डले त खान खाइरहेको व्यक्ति, क्रियापुत्री समेतलाई घिसारी–घीसारी मारे । यिनै बाबुराम हुन् जसले २०६२ मंसिरमा १२ बुँदे सहमतिमा हस्ताक्षर गराएर कांग्रेसका गिरिजा, एमालेका माधव नेपाल, माओवादीका प्रचण्डहरुलाई फसाए । त्यसबेलादेखि मैले उनलाई राष्ट्रघातीको रुपमा धिक्कारेर भारतीय दलाल भनेर लेख्न थालें ।

नेपालको अस्तित्व समाप्त गर्न जोसँग पनि हात मिलाएर हिड्न सक्ने एक गद्दारको रुपमा बाबुराम भट्टराई चिनिए । जनमोर्चादेखि माओवादी पार्टीभित्र जल्दोबल्दो नेताको रुपमा चिनिएर नेपाललाई भौडीमा हाल्न अनेकौं तीग्डाम गरेर अहिले कथित नयाँ शक्तिको हावादारी यात्रामा हिडेको देख्दा धिक्कार्न मन लाग्छ । बाबुराम भट्टराईले प्रधानमंत्री भएपछि गोर्खामा पुगेर, ‘सर्वसाधारणको इच्छा र आकाक्षां तथा देश र जनताको स्वार्थ माथि कुठाराघात भए मलाई कालो मोसो दलेर घमाउनु’ भनेर २०६८ साल भदौं २३ गते बोलेका थिए । बाबुरामले प्रधानमंत्री हुनु अघि र पछि देशलाई बरबाद गर्ने जुन कुकर्महरु गरे यस हिसाबले हो भने बाबुराम भट्टराईलाई कालो मोसो दलेर घुमाउने बेला यही हो ।बाबुरामले देश डुबाउन अती नैं पाप गरेकाले अहिले धुरीबाट पाप कराउदै छ । कथित नयाँ शक्तिमा सीनेमामा नाटक खेल्नहरुलाई राजनीतिको जामा लगाएर मुलुकलाई उनले हसाएका छन् । बाबुराम भट्टराईले पी.एच.डी. गरे । तर उनको पी.एच.डी.बानरको हातमा नरिवल सरह भयो ।

‘गधालाई जति नैं नुहाएपनि गाई हुँदैन’ भन्ने कुरा बाबुरामले पी.एच.डी.लाई मागिखाने भाँडो बनाए । लोकराज बरालको पी.एच.डी. त ईश्वर बरालले तयार गरेको थियो भन्ने कुरा खुद ईश्वर बरालले म र जनार्दन आचार्यलाई भनेका थिए भने बाबुराम भट्टराईको पी.एच.डी. पनि यसडीमुनीले तयार गर्न लगाएको हुनसक्छ । दिल्लीमा यी सबै कुरा चल्छ ।गोर्खा लुइटेल स्कूल बाबुराम इसाई बने भने दिल्ली नैं बाबुराम भट्टराईको राष्ट्रघातको पाठशाला हो । जव भारतको दिल्लीमा पढ्न गए त्यहीबेलादेखि उनी नेपालको अधोगति गराउनमा लागिपरे ।नेपाललाई शान्तिक्षेत्र घोषणा गरिएपछि राजा वीरेन्द्रको दिल्ली सवारीको बेला बाबुराम भट्टराईले केही कम्युनिष्टहरु भेला गरेर कालो झण्डा देखाएका थिए ।

बाबुरामले आफ्नै गलत सोँचकै कारणले आफूलाई अप्ठयारो बाटोमा पु¥याएर सबै क्षेत्रबाट सशंकित बनेका छन् । बाबुरामको पहिलो पासो ४ बुँदे सहमति गराएर भ्रष्ट मधेसी पार्टीका नेताहरुबाट समर्थन लिएर ४९ जनाको देशले धान्न नसक्ने मंत्रिपरिषद बनाएर प्रधानमंत्री त्यसरी प्रधानमंत्री भएको कुराबाट प्रष्ट हुन्छ । बाबुराम भट्टराई प्रधानमंत्री भएपछि अदालतबाट ज्यान मुद्दाको अभियोग लागेर जन्मकैदको सजाय पाएकाहरुलाई मुद्दा फिर्ता गराए । प्रधानमंत्री भएपछि नेपालको पहिचानको रुपमा स्थापित राष्ट्रिय पोसाक हटाए । नेपालको विक्रम संवत् हटाएर इस्वी संवतलाई लागू गर्न खोजे । सहिद गेटबाट प्रजातन्त्रका प्रवर्तक राजा त्रिभूवनको शालीक हटाउन खोजे ।

नेपाली इसाईहरुलाई आर्थिक सहायता वितरण गराएर ब्रम्हलुट मच्चाए । सडक ठूलो बनाउने भनेर हचुवाका भरमा भत्काउन पनि कमिसन जम्मा गर्ने ददालहरुलाई जिम्मा लगाएर नगरवासीहरुलाई आन्दोलिन बनाउँदै शहरभित्र डुडडुड्ती धुलो प्रदुषण बढाए ।वास्तवमा मान्छेको मुख हेरर बोल्ने पिच्वा बानीले बाबुराम इतिहासकै असक्षम व्यक्तिको रुपमा चिनिदै छन् । अराजक व्यवहार, देशद्रोह र पदलोलुपताको कारणले बाबुरामले कठोर सजाएको भागिदार हुनुपर्ने स्थिति छ ।२०६२ साल मंसिर ७ गते कांग्रेस, एमाले, माओवादीका गद्दार नेताहरुलाई १२ बुँदे सहमतिमा हस्ताक्षर गराउन भारतीयको तर्फबाट एसडीमुनी र वर्तमान नेपालका राजदूत रन्जित राय थिए भने नेपालका तर्फबाट बाबुराम भट्टराई र अर्का नेपाली ‘रअ’का भरिया कृष्ण सिटौला थिए । १२ बुँदे सहमतिको उपजको रुपमा नेपालमा संविधानसभा भनेको सिक्किमको विधानसभा जस्तै हो । जसरी विधानसभाबाट सिक्किमलाई भारतले खायो त्यसरी नैं नेपाल कब्जा गर्ने कांग्रेस (आई)की सोनीयाँ गाँधी र ‘रअ’को रणनीति थियो संविधानसभा ।

२०६२÷६३ को जनआन्दोलनमा भारतले प्रशस्त आर्थिक सहयोग उपलब्ध गराएको थियो । यिनै बाबुराम भट्टराई र कृष्ण सिटौलाको सक्रियतामा ४० लाख भारतीयहरुलाई नागरिकता दिलाउने कुकर्म गरे । भारतीय गुप्तचरको इशारामा २०४७ सालको संविधानलाई बिनाकारण खारेज गर्दै २०६३ माघ १ गते अन्तरिक संविधान घोषणा गरियो । त्यसपछि आफूखुसी आफै राष्ट्रप्रमुख घोषणा गर्दै संविधानवादलाई कागजी खोस्टो बनाएर नेपाललाई संविधानविहीन अराजक मुलुक बनाउन खोज्ने यिनै बाबुराम भट्टराई हुन् । यी सत्य कुरा अहिले आएर सबैको सामु छर्लङ्ग भइसकेको छ ।
२०६८ साल भदौं १२ गते बाबुराम प्रधानमंत्री बनेपछि गरिबी निवारण कोषको नामबाट कोरियन मूनको चर्चबाट परिचालीत एकनाथ ढकाललाई गरिबी निावारण मंत्री बनाएर नेपालका क्रिस्चियनहरुबाट पोस्न थाले । गरिबी निवारण कोषमा सबै पदहरुमा छानी छानी क्रिस्चियनहरु मत्र नियुक्र गरिए । यस्तो लाजमर्दाे हुँदा पनि कोही पनि चुइकक बोल्दैन थिए । तर मैले केही प्रत्रिपत्रिकामा जानकारीको लागि प्रकाशित गर्ने गर्थे ।

बाबुराम भट्टराई भन्छन्-‘हिन्दु धर्म विकासको बाधक भएकोले अहिलेको नेपालको धार्मिक संस्कृति र हिन्दु धर्म परम्परालाई परिवर्तन नगर्दासम्म देशको विकास सम्भव नभएको हो । आर्थिक विकास गर्न हाम्रो धर्म र संस्कृतिले विकास गर्न सक्दैन। हिन्दु धर्ममा यो यो जन्ममा दुःख गर अर्को जन्ममा मात्र सुख पाउँछौँ भन्ने मान्यता रहेकाले त्यो विकासको बाधक हो । यस्तो धार्मीक संस्कारले विकास र समृद्धि हासिल हुन नसक्ने, यो संस्कृतिले हामीलाई यही जन्ममा विकास र समृद्धि हासिल गर्न सक्दैनौँ ।‘

बाबुराम भट्टराईका क्रियाकलापहरु जानकारी हुन थालेपछि २०६६ साल साउन २६ गते तरुण साप्ताहिक पत्रिकामा ‘देशद्रोहीको बिरद्ध खाँडो जगाऔं’ भन्ने मेरो लेख छापियो । त्यसलेखमा भनेको थिए– ‘भातीय गुप्तचर संस्था ‘रअ’ का अनुयाईहरुको नेपालमा जगजगी छ । बाबुराम भट्टराई नेपालको प्रधानमंत्री भएमा भारतले यिनैमार्फत नेपाललाई कब्जा गर्नसक्छ– राष्ट्र विखण्डनमा । विदेशी प्रभु खुसी पार्ने र आफूले भनेको जस्तो पुगेन भने भारत बिस्तारवादी र अमेरिका सम्राज्यवादी अरु बेलामा मित्रशक्ति । भारतीय गुप्तचर संस्था ‘रअ’ चाहन्छ, बाबुराम भट्टराईलाई प्रधानमंत्री बनाएरसिक्किमलाई कुख्यात ल्याण्डुबले डुबाएको जस्तो नेपाललाई डुबाउने । देश खतरामा छ ।’ त्यो लेख लेखे बापत बाबुराम भट्टराईले मलाई मुद्दा हालेर यति दुःख दिएकी त्यस अपराधबाट उनले कहिले पनि मुक्ति पाउने छैनन् ।

बाबुराम भट्टराईले २०६६ साल भाद्र २३ गते मेरो बिरुद्ध काठमाडौं जिल्ला अदालतमा मुक्ति प्रधानलाई अघि सारेर मुद्धा दर्ता गरे । अनेकौ वहस, छलफल भयो । आखिरमा उनी प्रधाननमंत्री रहेकैबेला मुद्धा हारे । फेरि चित्त नबुझेर मलाई दुःख दिन पुनरावेदन अदालतमा पुनरावेदन गरे । पछि के बुझेर हो उनीहरुले मिलापत्र गर्ने कुरा निकाले । संयुक्त बेन्चमा न्यायधीसहरुबाट मलाई सोधियो मैले ‘कुनै हालतमा पनि मिलापत्रमा क्षमा पाउँ भनेर म राष्ट्रघातमा सहमति गर्न सक्तिन’ भनेर न्यायधीसहरुका अगाडि बोलें । तर पछि मिलापत्र भयो । यसरी ६ बर्षसम्म उनीहरुले मलाई दुःख दिए ।मेरो पक्षमा वरिष्ठ अधिवक्ता देवेन्द्र नेपाली, रामजी बिष्ट लगायत धेरै देशभक्त वकीलहरुले बहस पैरवी गरेर उनीहरुको सैतानी व्यवहारको भत्र्सना गरेका थिए । अहिले त कुरा सबैतिरबाट खुल्दैछ । मैले उक्त लेखमा जे भन्न खोजेको थिएँ त्यही कुरा उनी आफैले प्रमाणित गरेर देखाए ।

‘रअ’ र एसडीमुनीका विश्वासप्राप्त बाबुराम अरुहरु भन्दा शक्तिशाली थिए । धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता यी सबै राजाबाट ब्यूँताइएको प्रतिनिधिसभालाई ढाल बनाएर लाध्ने कुकर्म गरियो । यो हिसावले गिरिजा र बाबुराम भट्टराई अत्यन्त गद्दार अपराधी हुन् । तर यताहेर्दा माओवादीलाई काँध हाल्नेहरुमा गिरिजा र माधव नेपाल ठूला देशद्रोही अपराधी भन्नुपर्छ ।बाबुराम भट्टराई बारेमा एउटा चाखलाग्दो घटना छ । नेपालमा माओवादी जनयुद्ध चंर्कन थालेपछि नर्वेबाट भित्रभित्रै हतियार र आर्थिक सहयोग माओवादीलाई दिन थालेको कुरा अमेरिकाले पत्ता लगाएपछि अमेरिकी सरकारले तत्कालीन अमेरिकी राजदूत मोरियार्टीलाई नेपालका माओवादीलाई अमेरिकाले पनि सम्पर्कमा लिएर काम गराउनु भन्ने निर्देशन दिएपछि मोरियार्टीले माओवादीलाई भेट्ने क्रममा बाबुराम भट्टराईलाई अमेरिकी दुतावासमा बोलाए । मोरियार्टीले आफूले नभेटेर राजदूताबासको तेस्रो सहचारीले बाबुरामलाई भेटे ।

बाबुराम भट्टराई भित्र भेट्न पसेपछि त्यहाँका कर्मचारीले भनेछन्– ‘ए हजूर भित्र मोबाइल लिएर जान मिल्दैन, यही छोडेर जानुहोस् ।’ बाबुरामले मोबाइल बाहिरै छोडेर भित्र पसेछन् । भित्र भेट्न गएपछि मोबाइलको सीमकार्डलाई अर्को सीमकार्डमा साँटेछन् । बाबुराम भट्टराईले अमेरिकी दूताबास छिर्नुभन्दा पहिला र फर्केपछि पनि फेरि एसडी मुनीसँग कुरा गरेको थाहा भएपछि मोरियार्टीले अमेरिकी सरकारलाई सो रिपार्ट दिँदा अमेरिकी सरकारले भनेछ– ‘भइगयो माओवादीहरू भारतबाट परिचालीत रहेछन् । अव माओवादी नभेट्ने र बाहिरैबाट उनीहरूको क्रियाकलाप रिकर्ड मात्र गर्ने’ भन्ने आदेश आएपछि माओवादी बारेमा त्यसबेला अमेरिका मौन रहेको हो । यो कुरा मोरियार्टीसँग सम्पर्क गरेर सोधे हुन्छ ।

बाबुराम भट्टराईले गोर्खा लुइटेल स्कूलमा पढेका हुन् । २०२६ सालमा उनी बोर्डफष्ट भएका थिए जसमा उनले मैले लेखेको पुस्तक पंचायतमा ७० प्रतिशत ल्याएका थिए । मेरो पुस्तक पढेर त्यतिधेरै पंचायतमा नम्बर ल्याउने व्यक्ति बाबुराम भट्टराई नैं हुन् । तर उनी रहेछन् उसैबेलादेखि बनेका इसाई । २०२२ सालमा युनाइटेड मिसन टु नेपालको तर्फबाट मिसिनरी शिक्षक भएर बेलायतका कोलिन फिलिप स्मिथ नेपाल आएका थिए। पोखराकै लामाचौरमा तत्कालीन आदर्श विद्यालयमा पढाउन सुरू गरेका उनी दुई वर्षपछि गोरखा पुगे। गणित र विज्ञान पढाउने उनले ९ कक्षामा बाबुराम भट्टराई र उपेन्द्र देवकोटालाई सँगै राखेर पढाएका थिए । उसैबेलादेखि बाबुराम भट्टराई इसाई बने ! तर उपेन्द्र देवकोटा इसाई बनेनन् !
इसाई बनेका कारणले पछि नेपालस्थित भारतीय राजदूतावासस्थित गुप्तचर संस्था ‘रअ’ का प्रमुख पी हर्मीज थाराकनसँग उनको संवन्ध गहिरियो । ‘रअ’ प्रमुख थाराकन पनि क्याथोलीक क्रिस्चियन हुन् । यी दुईको घनिष्ट संवन्ध हुनु नैं नेपालको दुर्दशाको कारण बन्न गयो ।

बाबुराम भट्टराईहरु यूरोपका इसाई राष्ट्र र भारतीय प्रशासनीयक संयन्त्र र ‘रअ‘ बाट परिचालित अपराधीहरुको जथ्था हो भनेर प्रमाणित भइसक्दा पनि राष्ट्रिय, अन्तराष्ट्रिय न्यायालयबाट समातेर कारवाही हुन सकिरहेको छैन । देशभित्रका गद्दारहरुलाई जेलमा कोचेर कारवाही गरिनुपर्ने अवस्था आएको छ । देशलाई संकटमा पु¥याउन देशद्रोही प्रचण्ड र बाबुराम भट्टराई नैं हुन् । रअ’ को आशीर्वादमा नेपाललाई बिपत्तिमा पार्ने बाबुराम भट्टराई देशका शत्रु हुन् !

बाबुराम भट्टराई प्रधानमंत्री बन्नको लागि भारतीय डिजाइनमा ‘रअ’ का प्रमुख आलोक जोशी भारतबाट नेपालको एरपोर्टमा आई सबै मधेसी नेता बोलाएर माओवादी नेता प्रचण्डको मुखमा बुझो लगाउन उनैबाट चार बुँदे सहमतिमा २०६८ साल भदौ ११ गते राती हस्ताक्षर भएर माओवादी र मधेसी दलहरुसँग मिले बाबुराम भट्टराई भदौ १२ गते प्रधानमंत्री बने अनि नेपालको अधोगति गराउने बाटो लिए । यसरी प्रष्ट छ कि बाबुराम भट्टराई नेपालको कति ठूला सैतान रहेछन् । १३ हजार ओटा मन्दिर भत्काउने, १७००० नेपाली मार्ने, १५० ओटा पुल भत्काउने पार्टीको नेतृत्व गरेका बाबुराम, प्रचण्ड हुन् ! तत्कालीन माओबादी युद्ध बाबुराम र पुष्पकमलको कमाण्डमा सुुरु भएको हो । यो युद्धमा आधा भन्दा बढी बालबालिका संलग्न थिए । जसमा उनि युद्ध अपराधी ठहरिन सक्छन् ।

बच्चालाई डाक्टरले उमालेको पानीमा फालिदिएको जस्तो डा.बाबुराम भट्टराईले नेपाललाई भौडीमा पार्न खोजे ! २०६२ सालमा भारतको गुप्तचर संस्था ‘रअ’ को रोहबरमा भएको १२ बुँदे सहमतिमा जातीय संघीयताको कुरा नउठे पनि, बाबुराम भट्टराई नेपालीहरूबीचको जातीय एकता तोडेर हिन्दू तथा बौद्ध धर्मलाई समाप्त गर्न दृढ संकल्पित थिए । यो कुरा जनआन्दोलन ४ जेठ ०६३ मा सभामुख सुवास नेम्वाडलाई दबाब दिँदै रातोरात नेपाललाई धर्मनिरपेक्ष घोषणा गर्न लगाउने मान्छे यिनै थिए । यिनैले राजालाई संविधानसभाको निर्वाचनअगाडि नै निलम्बन नगरे माओवादी फेरि जनयुद्धमा जान्छ भन्दै बिचरा कांग्रेस र एमालेका नेताहरूलाई तर्साएर गैरसंवैधानिक रूपले राजालाई निलम्बन गरेर माओवादीको बाटोमा लागेका थिए । दु:खको कुरा बाबुराम भट्टराईले विदेशीहरूलाई खुसी पार्न नेपालका संसदीय पार्टी नेताहरूलाई भारतीय ढलमा फसाए ।

अतः नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रको समन्वय र संतुलन गरेर राजाको अपस्थितिमा सम्पूर्ण देशभक्तशक्ति सक्रियबनेर देश बचाउन सक्नुपर्छ। राष्ट्र विखण्डनको दोसाधमा पुगेको बेला आफ्नो मातृभूमि बचाउन हामी सम्पूर्ण नेपालीहरु एकजुट हुन सकौं । हाम्रो अनुरोध छ कि नेपाल बचाउन सकेसम्म सबै पार्टी र पार्टी बाहिरका राष्ट्रवादीहरुको समेत समर्थन जुटाएर संवैधानिक राजसंस्थाको निरन्तरता कायम गरेर विश्वको एक मात्र हिन्दु अधिराज्य यथावत कायम राख्न सक्नुपर्छ ।source https://pathivaranews.com/

पाथिभरा न्युजको (विचार स्तम्भमा प्रकाशित हुने लेखहरू स्वयं लेखकका विचार हुन । यसले पाथिभरा न्युजको प्रतिनिधित्व गर्दैन् ।-सम्पादक) श्रोत दैनिकी

Related Articles

Back to top button
Close