Tuesday, May 17

उच्च अदालतले पल शाहबारे दियो यस्तो आदेश-

March 30, 2022 2765

उच्च अदालत पोखराले पल शाहलाई थुनामा राख्ने आदेशबारे जिल्ला अदालतसँग कैफियत प्रतिवेदन माग गरेको छ। बुधबार शाहको पुनरावेदनमा सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीले पल शाहको आदेश बारे कैफियत प्रतिवेदन झिकाउन आदेश दिएका हुन्।

यसअघि गत बिहीबार जिल्ला अदालत तनहुँले शाहलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध शाह पुनरावेदनका लागि उच्च अदालत पोखरा गएका हुन्। बुधबारको सुनुवाइपछि थुनामा राख्न गरिएको आदेश बारे जिल्ला अदालतसँग

कैफियत प्रतिवेदन माग गरिएको शाहका कानुन व्यवसायी बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए। ‘शाहलाई के कति कारणले थुनामा राखिएको हो। कैफियत प्रतिवेदन पठाउनु भनेर जिल्ला अदालतलाई उच्च अदालतले आदेश दिएको छ’, वाग्लेले भने।

ना बा लि ग गायिका क र णी आरोपमा शाहलाई जिल्ला अदालतले थुनामा पठाएको छ। उनीविरुद्ध नवलपरासी पूर्वमा पनि मुद्दा दर्ता छ। तर त्यहाँ भने थुनछेक बहस नै हुन बाँकी छ। आफूविरुद्ध उ’जुरी परेपछि शाह १५ फागुनमा आफैँ प्रहरीसमक्ष पुगेका थिए ।

गत बिहीबार जिल्ला अदालत तनहुँले अभिनेता शाहलाई पुर्पक्षका लागि थु’नामा पठाउन आदेश दिएको हो । आदेशअनुसार उनलाई त्यही रात तनहुँ जिल्ला प्रहरी कार्यालयको हिरासतबाट जिल्ला का’रागार लगिएको हो। अभिनेता शाहका म्यानेजर कृष्ण जोशीलाई भने अदालतले धरौटीमा छाड्न आदेश दिएकाले उनी ध’रौटी बुझाएर त्यही दिन रिहा भएका छन्।

जोशले पी’डितलाई कानुनी उपचारमा अवरोध गरेको अ’भियोग छ। अभिनेता शाहविरुद्ध जिल्ला अदालत पूर्व नवलपरासीमा पनि उनै पी’डितले क र णी आरोपमा मुद्दा दर्ता गराएकी छन्। त्यहाँ थु’नछेक बहस हुन बाँकी छ।

Comment