Tuesday, May 17

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

March 30, 2022 615

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ ।

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला एक लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९८ हजार ८ सय रुपौयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

आज तेजावी सुनको मूल्य ९८ हजार ३०० रुपैयाँ रहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । हिजो मंगलबार प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Comment