News

उपचारका लागि अस्पताल लैजाँदै गर्दा १८ महिने बालकको मृ-त्यु

काठमाडौँ – स्याङ्जा पुतलीबजार मालेबगर घर भएका १८ महिने एक बालकको स्वास्थ्य उ’पचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृ-त्यु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लैजाँदै गर्दा बाटोमै बालकको निधन भएको जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख यमप्रसाद शर्माले जानकारी दिए ।

अस्पताल ल्याउनुभन्दा दुई घण्टा अगाडी नै बालकको नि’धन भएको उनले बताए । उच्च ज्वरो र जण्डीसको बिरामी रहेका ती बालकले पिसाव पनि रगत नै गरेको पारिवारिक स्रोतले जानकारी दिएको प्रमुख शर्माले बताए ।

शर्माका अनुसार बालकलाई मृ-त अवस्थामा जिल्ला अस्पताल स्याङ्जामा लगिएको थियो । ‘बाबुलाई यहाँ ल्याइपुर्याउँदा उनी मृ-त अवस्थामा थिए ।

कोरोना प्रकोप चलिरहेको हुँदा उनको स्वाब निकालेर परीक्षणका लागि गण्डकी प्रदेश प्रयोगशालमा लगिसकिएको छ ।’ प्रमुख शर्माले बताए ।

बालकको स्वाव निकालिसकेपछि उनको सदगद गरिएको शर्माले बताए ।‘ सिडियो साप र मेयर सापहरुको आग्रहमा शवलाई आज नै सदगद गरिएको छ । शव गाड्न जाने व्यक्तिलाई पिपिइ लगाएर पठाएका छौँ ।

धेरै भीडभाड नगर्न पनि अनुरोध गरेका छौँ ।’ शर्माले भने ।

शनिवारसँग उनको पिसिआर रिपोर्ट आउने शर्माले बताए । शर्माले नि’ध’न भएको बालकको नाम भने गोप्य राखिएको बताए ।

Related Articles

Back to top button
Close