News

चर्चा गोल्डेन पुलको, जसलाई २ वटा हातले धानेको छ

एजेन्सी । भियतनामाम रहेको गोल्डेन पुलको हिजोआज चर्चा ब्यपाक छ । पर्यटकीय दृष्टीकोणले अति उत्तम मानिने भियतनाम घुम्न जाने मानिसहरुको पहिलो रोजाईका रुपमा हेरिने यो पुलमा जान त्यहाँ पुग्ने पर्यटकहरु मरिहत्य नै गर्छन् ।

हातको हत्केलाले थामेको जस्तो देखिने दृश्यलाई तस्विरमा कैद गर्न जो कोही पनि लाभिन्छन् । सन् २०१८ मा निर्माण गरिएको यो पुललाई हेर्दा पुरै सडकलाई नै ठुला हातले बोकेको जस्तो देखिन्छ । पुलको डिजाइनले नै मानिसहरुको ध्यान आकर्षित गर्ने गरेको त्यहाँ पुग्ने पर्यटकहरु बताउँछन् ।

Related Articles

Back to top button
Close