News

मृत्यु भएको ३१ घण्टापछि नेपाली सेनाको टोलीले यसरी उठायो गुल्मीका कोरोना संक्रमितको शव…

बुटवल । कोरोना भाइरसका कारण ज्यान गुमाएका गुल्मी मदानेका पुरुषको शव ३१ घण्टापछि नेपाली सेनाको टोलीले उठाएको छ । रुपन्देहीको क्रिसन अस्पतालमा बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएका उनको शव शुक्रबार दिउँसो २ बजे सेनाले उठाएको हो ।अस्पतालको आईसीयू कक्षमा रहेको उनको शव निकालेर र्‍यापिङ गरी शव वाहनमा राखेर नेपाली सेनाको चार–पाँच जनाको प्राविधिक टोलीले अन्यत्र लगेको हो । मृत्यु भएको दोस्रो दिनसम्म शब उठ्न नसकेपछि सरकारको आलोचना भएको थियो ।

मृतकका आफन्तले कोरोना पोजेटिभ देखिएपछि अस्पतालले उपचार नगरेको भन्दै बिहीबार बिहान छानबिन हुनुपर्ने माग गरेका थिए । तर सेनाको टोली आएर शब व्यवस्थापनका लागि तयार कागजमा हस्ताक्षर गर्न भनेपछि उनीहरुले हस्ताक्षर गरेका रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले बताए । शवलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने उनले बताए । जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका उनमा जेठ ५ गते कोरोना पाजेटिभ पुष्टि भएको थियो ।

Related Articles

Back to top button
Close