नेपालले टिस्टादेखि काँगडासम्म लिन सक्छ भन्दै भारतमा खैलाबैला, विज्ञ पत्रकारको यस्तो छ राय
![]() |
---|
|
![]() |
काठमाडौं । नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि भारतमा त्यसले खैलावैला मच्चाएको छ । भारतीय मिडिया नेपाललाई अनेक लाँक्षना लगाउँदै मनगढन्ते समाचार बनाइरहेका छन् । यस्तोमा केही भारतीय विज्ञहरुले नेपालले आफ्नो गुमेको पुरै जमिन दावी गर्न सक्ने भन्दै आवाज उठाउन थालेका छन् । नेपालले पुर्वमा टिष्टा र पश्चिममा काँगडा सम्मको भूभाग दावी गर्न सक्ने भन्दै विचार सार्वजनिक गरेका हुन् ।
भारतका विदेश मामिलाका विज्ञ पत्रकार पुष्परञ्जनले पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्मको ‘ग्रेटर नेपाल’ सार्थक हुन सक्ने आधार घुमाउरो रूपमा प्रस्तुत गरेका छन् ।ईयू एसिया न्यूज नेटवर्कका दिल्लीस्थित सम्पादक तथा भारतका विदेश मामिलाका जानकार वरिष्ठ पत्रकार पुष्परञ्जनले भारतीय अखबार ‘दैनिक ट्रिब्युन’मा केही महिनाअघि प्रकाशित एउटा लेखमार्फत् लिपुलेक, कालापानीसहितका क्षेत्रमा देखिएको विवाद तथा नेपाल र ब्रिटिस इन्डियाबीचको सुगौली सन्धि र सन् १९५० को सन्धिबारेसमेत आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए ।
२ डिसेम्बर १८१५ मा ब्रिटिस इन्डिया र नेपालका अधिकारीबीच सीमा विवाद समाधानका लागि एउटा सन्धि भएको थियो, जसलाई सुगौली सन्धि भनिन्छ । सुगौली सन्धिबारे समेत उनले सविस्तार वर्णन गरेका छन् ।नेपालका लागि अपमानजनक उक्त सन्धिमा नेपालका राजाले लामो समय हस्ताक्षर गरेनन् । तर, अंग्रेज फौजले नेपाली क्षेत्रमाथि पुनः हमला सुरु गरेपछि सन्धि भएको ३ महिनापछि कार्यान्वयनका लागि ४ मार्च १८१६ मा नेपालको मकवानपुरमा नेपालकाा तर्फबाट चन्द्रशेखर उपाध्याय र ब्रिटिस इन्डिया कम्पनीका तर्फबाट जनरल डेविड अक्टरलोनीले सन्धिमा हस्ताक्षर गरेर एकअर्कालाई सुम्पिएका थिए । त्यसैले नेपालले सो क्षेत्रमा पनि आफ्नो दावी गर्न सक्ने उनको तर्क छ ।
![]() |
---|
|
![]() |