News

सीमा बचाउँदा सरकार ढले ढलोस्, नेपाली भूमि फिर्ता गराएरै छाड्छु – ओली

काठमाडौं – सडकदेखी, चोकचोक र सामाजिक सञ्जालमा यतिखेर प्रधानमन्त्री केपी शर्मा ओलीको चर्चा चुलिएको छ । भारतले मिचेको कालापानीसहितको भुमिलाई समेटेर नयाँ नक्सा जारी भएपछि प्रधानमन्त्री ओलीको चर्चा एकाएक चुलिएको हो । सामाजिक संजालमा यतिखेर ओली सरकारलाई आम नागरिकले वाह भनेका छन् । सरकारले नयाँ नक्सालाई सबै ठाउँमा प्रयोगमा ल्याउन निर्देशन दिएको छ ।

केही महिनाअघिको एक अन्र्तरवार्तामा समेत प्रधानमन्त्री ओलीले सरकार ढल्ने अवस्था आए नि भारतले क ब्जा गरेको नेपाली भूमि फिर्ता गराएरै छाड्ने बताएका थिए। प्रधानमन्त्री ओलीले सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकबाट भारतीय सेना हटाउने र नेपाली भूमि फिर्ता गरिने तथा यस्तोमा सरकार ढाले पनि आफू तयार रहेको स्पष्ट पारे ।

‘सरकार गिरे गिर्छ, कतिपय अवस्थामा गिर्न पनि तयार हुनुपर्छ । अघिल्लो पटक म पनि गिरेको हो । सरकारबाट मलाई पनि ढालिएको हो’, उनले भने । नाकाबन्दीको विरो ध, उत्तरबाट पारवाहन सन्धि, नाका खोलेर नेपाललाई नयाँ उचाइमा लग्दा आफ्नो पहिलो कार्यकालको सरकार ढलेको बताउँदै ओलीले राष्ट्रिय हित, राष्ट्रको सीमाको मूल्यमा म सरकारमा रहन्छु कि रहन्न भन्ने कुराले कुनै अर्थ नराख्ने बताएका थिए । यी सबै कुराबाट प्रधानमन्त्री ओली राष्ट्रियताप्रति दृढ रहेको जानकारहरुको बुझाई छ ।

Related Articles

Back to top button
Close