News
खुसीको खबर : सशस्त्र प्रहरीसहित ४ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज
![]() |
---|
|
![]() |
मुलुकका ४ जना कोरोना भाइरस संक्रमित बिहीबार अस्पतालबाट घर फर्किएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गरिरहेका ४ जनाले कोरोनालाई जितेका हुन् । उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेको छ ।
काठमाडौंका २ र भक्तपुुरका २ गरी ४ संक्रमितलाई डिस्चार्ज भएको अस्पतालका निर्देशक डा सागरराज राजभण्डारीले जानकारी दिनुभएको छ । डिस्चार्ज भएका मध्ये २ महिला २ पुररुष छन् ।
महिला एक जना आरोग्य प्रतिष्ठानमा कार्यरत कर्मचारी हुन् । अर्की महिला चन्द्रागिरी नगरपालिकाकी हुन् । पुरुष मध्ये एक जना सशस्त्र प्रहरी जवान हुन् । अर्को पुरुषको पहिचान खुलाइएको छैन । योसँगै कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ४९ पुगेको छ ।
![]() |
---|
|
![]() |