News

Breaking: फेरी थपिए ९ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४५३ पुग्यो

काठमान्डौ , नेपालमा फेरी थप ९ जना कोरोना संक्रमित थपिएका छन । यो संगै कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका प्रबक्त बिकाश देबकोटाले थप ९ कोरोना संक्रमित थपिएको पुष्टि गरेका छन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या थपिएको जानकारी दिएका हुन् ।उनीहरूमध्ये रुपन्देही १ र झापामा ८ जना पुरूष छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् ।यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षका कोरोना संक्रमित पुरुषको कोरोना भाइरसका कारण मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।डा देवकोटाका अनुसार आज ४ जना संक्रमित आज डि’स्चार्ज भएका छन् ।नेपालमा संक्रमण पुष्टि भएकामध्ये ४९ जना अहिले सं’क्रमणमुक्त भएका हुन् ।

Related Articles

Back to top button