Friday, May 20

दुखद् खबर : भीरबाट खसेर प्रहरी जवानको मृत्यु

March 29, 2022 587

दाङ / सल्यानमा भीरबाट खसेर प्रहरी जवानको मृ त्यु भएको छ । ड्युटीका लागि पोस्टमा गएका इप्रका शीतलपाटीमा कार्यरत प्रहरी जवान पवन केसीको नजिकैको भीरबाट खसेर मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।

सल्यान प्रहरी प्रमुख डीएसपी सुमित खड्काका अनुसार उनको ड्युटी सोमबार बिहान २ देखि ६ बजेसम्म थियो । ड्युटीमा नभेटेपछि रातभर उनको खोजतलास गरिएको गरिएको थियो । करिब ५० मिटर तल केसी मृ त अवस्थामा भेटिएका थिए ।

‘इलाका प्र’हरी कार्यालय सितलपाटीदेखि १०० मिटर उत्तर तर्फ एउटा ५०-६० मिटरको भिर रहेको र त्यसैको मुनी केसीको शव फेला परेको हो,’ डिएसपी खड्काले भने, ‘केसी राति ड्युटी क्रममा कुनै कारणले भिर नजिक पुगेको र त्यहीँबाट लडेर मृत्यु भएको हुन सक्ने हाम्रो प्रा’रम्भीक अनुमान छ। रुकुमबाट केसीका परिवारका सदस्य आउन लागेको हुँदा आइसकेपछि मात्रै शव उठाइने र पोष्ट”मार्टमका लागि अस्पताल लगिने भएको छ। केसी गणमुकाम सुर्खेतमा दरबन्दी भइ इलाका प्र’हरी कार्यालय सितलपाटीमा कार्यरत थिए।

Comment