News
सुनकोशीमा गाडी खस्दा दुई बेपत्ता, एक घाइते
![]() |
---|
|
![]() |
काभ्रे : भुम्लु गाउँपलिका–८ सिलामे भीरमा बोलेरो जिप सुनकोशी नदीमा खस्दा दुईजना बेपत्ता भएका छन्। दोलालघाटबाट सापिङ जाँदै गरेको बा १६ च ८८३८ नम्बरको बोलेरो बुधबार दिउँसो करिब ४ बजे उकालोमा ब्याक भएर नदीमा खसेको हो।
दुर्घटनामा भुम्लु गाउँपालिका–१ का २६ वर्षीय अशोक गिरी र २७ वर्षीय भोला महत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविकुमार पौडेलले जानकारी दिए।
बोलेरोमा सवार ३४ वर्षीया सानुमाया गिरी गरिएको छ। उनलाई उपचारका लागि बनेपा शिरमेमोरियल अस्पतालमा ल्याइएको छ।
![]() |
---|
|
![]() |