Wednesday, May 18

सलमान खानसँँग बिबाह गर्ने नायिका सुष्मा कार्कीको चाहाना

March 29, 2022 770

बेलाबेलामा बिबादमा आईरहने नायिका सुष्मा कार्कीले फेरि पनि अभिव्यक्ति दिएकी छिन् । सुष्माले आफूलाई बलिउडका चर्चित अभिनेता सलमान खान मन पर्ने भएकोले उनैसँग विवाह गर्ने चाहना व्यक्त गरेकी छिन् ।

अझै उनले उनले आफूलाई सलमान खानबाहेक अरु कोहीपनि मन नपर्ने स्पष्ट पारिन् ।प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । केही समय अगाडी नायिका कार्कीले गरेको कलाकारको आलोचनाका कारण विवाद खेप्नुपरेको थियो । जुन भिडियोमा उनले अभिनेत्री सुष्माले पूजा शर्मादेखि गायिका मेलिना राईसम्मलाई चिन्दिनँ भन्दै अन्तर्वार्ता दिएकी थिइन् । सोही भिडियो टिकटक निकै भाईरल बन्यो ।

अहिले फेरि सलमानसँग बिहे गर्ने सुष्माको चाहानाले सामाजिक संजालमा चर्चा पाएको छ । उनको यो भनाइलाइ धेरैले मजाक बनाइरहेका छन् । तर उनलाइ यस बिषयको कुनै मतलब छैन । तर ‘आफूलाई बदनाम गर्न र कलाकारसँग आफ्नो सम्बन्ध बिगार्न केही मानिसहरू लागिपरेको उनको भनाई छ ।’

Comment