News

नायिका मनिषा कोइरालाले यस्तो लेखेकी थिइन् नेपालको पक्षमा (पढ्नुहोस्)

काठमाडौं / नेपाल र भारत बीचको सीमा विवाद अझ गम्भीर बन्दै गएको बेलामा भारतलाई नै आफ्नो कर्मथलो बनाइरहेका कलाकारहरुले बोल्न थालेका छन् । नेपालकार सरकारले लिम्पियाधुरा, लिपुलेक र कलापानीसहितको नयाँ नक्शामा जारी गरेको छ ।

नेपालको भूमिमा भारतले वर्षौदेखि विवाद झिकेर आफ्नो भन्दै आएको थियो । यस बाहेक, भारतका रक्षामन्त्री राजनाथ सिंहले हालै ८० किलोमिटर लामो नेपालको कैलाश मानसरोवर जाने सडकको उद्घाटनसम्म गरेपछि विवाद झन सतहमा आएको थियो । यसैबीचमा लामो सयमदेखि भारतमा रहेका आफ्नो कर्मथलो बनाइरहेकी बिपी कोइरालाकी नातिनाी अभिनेत्री मनिषा कोइरालाको प्रतिक्रिया आएको छ ।

मनिषाले कालापानी र लिपुलेख सहितको नेपालको नयाँ नक्शा सार्वजनिक भएपछि उनले कालापानी र लिपुलेख नेपालको अभिन्न हिस्सा हो भनेर ट्विट गरेकी छिन उनले नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीको ट्वीटको जवाफमा नेपालको आधिकारिक नक्शामा कालापानी र लिपुलेख जस्ता दुई विवादित क्षेत्रहरू समावेश भए ।

उनले परराष्ट्रमन्त्रीको ट्वीटमा भनेकि छिन, ‘हाम्रो सानो देशको गर्व राख्नु भएकोमा धन्यवाद । म तीनै देशहरू बीच शान्तिपूर्वक र मर्यादित वार्तालापको लागि कामना गर्छु ।’

Related Articles

Back to top button
Close