News

कोरोनाको कहरमा कपिलवस्तु, दूधे बालकलाई पनि छाडेन

कपिलवस्तु, ७ जेठ । कपिलवस्तुमा थप १२ जनामा कोरोना पुष्टि भएसंगै जिल्लामा कोरोना संक्रमतिको संख्या ५९ पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कपिलवस्तुमा १२ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ ।बुधवार पुष्टि भएका मध्ये ९ जना महाराजगञ्ज नगरपालिकाका र ३ जना बिजयनगर गाउँपालिकाका हुन । १२ जना मध्ये ५ पुरुष र ७ महिला हुन ।

महाराजगञ्ज नगरपालिकाका स्वास्थ्य संयोजक राधेश्याम जैसवाल अनुसार महाराजगञ्ज नगरपालिका–८ सिसवाका ८ जना र वडा नम्बर १ का एक जना संक्रमित भेटिएका हुन ।महराजगञ्जमा ७ महिला र २ पुरुष संक्रमित भेटिएका हुन । वडा नम्बर ८ सिसवाका भेटिएका संक्रमित २ परिवारका हुन । त्यस मध्ये आमा छोरी नै संक्रमति भेटिएका हुन ।

वडा नम्बर ८ सिसवाका साढे दुई बर्षीय दूधे बालक, ४ र ६ बर्षीया बालिका, ३२ बर्षीया महिला २ जना, २५ र १६ बर्षीया महिला तथा १२ बर्षीय बालक संक्रमति फेला परेका हुन ।यस्तै नगरपालिका वडा नम्बर १ का २० बर्षीय पुरुष संक्रमति भेटिएका छन । वडा नम्बर ८ मा भेटिएका संक्रमित सोही वडामा रहेका मदर्साको क्वारेन्टाइनमा छन । यस्तै वडा नम्बर १ मा भेटिएका संक्रमित दूर्गा भवानी महिला बिद्यालयको कवरेन्टाइनमा छन ।

संक्रमित ९ जना नै बैशाख तेश्रो साता भारतको मुम्बइबाट घर फर्केका हुन । उनीहरुलाई स्थानीयको सहयोगमा क्वारेन्टाइनमा लगिएको थियो । १ सय ८ जनाको स्वाब संकलन गरिएकोमा ९३ जनाको आएको रिपार्टमा नौ जना संक्रमति भेटिएका हुन । १५ जनाको रिपोर्ट आउन बाँकी छ ।उता बिजयनगर गाउपालिकामा वडा नम्बर २ का २२ बर्षीय र वडा नम्बर ७ का ३५ र ४८ बर्षीय पुरुष संक्रमित भेटिएको गाउँपालिकाका स्वास्थ्य संयोजक यज्ञप्रसाद भट्टराईले बताउनुभयो ।

३५ र ४८ वर्षीय पुरुष दाजु भाई हुन । संक्रमित ३ जना नै गाउँपालिका–६ जुडपानी स्थित रामशरण आधारभूत बिद्यालयको क्वारेन्टाइनमा छन । संक्रमित तिनै जना भारतको मुम्बइबाट फर्केर आएका हुन ।संक्रमित ५ र ४८ बर्षीय पुरुष यस अघिनै संक्रमित पुष्टि भएका ब्यक्तिसंगै बैशाख तेश्रो साता मुम्बइबाट फर्केका हुन । उनीहरुले फर्किने क्रमसंगै भात समेत खाएका थिए ।४५ जनाको स्वाब संकलन गरी पठाईएको रिपार्ट मध्ये ३ जना संक्रमित भेटिएको हो । हाल जिल्लाका १० वटै पालिकामा संक्रमित भेटिएका छन ।

Related Articles

Back to top button
Close