News

नयाँ नक्सा जारी गरेकोमा गगन थापाले ओली सरकारलाई दिए धन्यबाद

काठमाण्डौ । सांसद गगन थापाले नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको नयाँ नक्सा जारी गरेकोमा नेपाल सरकारलाई धन्यबाद दिएका छन् ।

उनले आफ्नो आधिकारीक फेसबुकमा स्टाट्स लेख्दै नेपालको नयाँ नक्सा जारी गरेकोमा नेपाल सरकारललाई धन्यबाद दिएका हुन् ।

सांसद थापाले सोमबार नेपाल सरकारले नेपालको गुमेको भू–भागलाई पुनःह नेपालको नक्सामा समेटेर नयाँ नक्सा जारी गरेकोप्रति प्रतिपक्ष लगाएत सम्पुर्ण नेपालीहरुकालागी यो गर्व गर्न सकिने विषय बनेको उल्लेख गरेका छन् ।

साथै उनले लिम्पियाधुरासहितको नयँ नक्सा जारी गर्न पटक पटक आफुहरुले दिएको निर्देशनलाई पालना गरेर संसदको गरिमा राखिदिएको भन्दै सरकारको उक्त कामको खुलेरै प्रशंसा गरेका छन् ।

सांसद थापाले फेसबुक स्टाटस मार्फत नै नयाँ नक्सामा समेटिएको नेपालको उक्त अतिक्रमित भूभागलाई फिर्ता गर्ने प्रयत्नमा प्रतिपक्षको साथ सरकारलाई सधैं रहने संकल्प पनि गरेका छन् ।

यससंगसंगै उनले नक्साको आवरणमा महासंकटमा जनता जोगाउने दयित्वबाट सरकार बिमुख हुन नहुने बताउँदै यस विरुद्ध प्रतिपक्षको निरन्तर खबरदारी रहने पनि बताएका छन् ।

Related Articles

Back to top button
Close