News

कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु भएको छैन, मृत्यु भएको खबर गलत : अस्पताल सञ्चालक भट्टराई

काठमाडौं : कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको भनिएका गुल्मिका एक युवकको मृत्यु नभएको पुष्टि भएको छ । रुपन्देहीको तिलोत्तमास्थित क्रिमशन अस्पतालका सञ्चालक सुरज भट्टराईले एभिन्यूज खबरसँग कुरा गर्दै ती युवकको मृत्यु नभएको पुष्टि गरे ।

अहिले सञ्चारमाध्यमहरुमा नेपालमा तेस्रो व्यक्तिको मृत्यु भन्दै खबरहरु सार्वजनिक भइरहेका छन् । तर अस्पतालका सञ्चालक भट्टराई उक्त खबर गलत भएको बताए । उनले भने, ‘म उक्त केशमा अपडेट भइरहेको छु, ती व्यक्तिको मृत्यु भएको छैन, स्वास्थ्य अवस्था स्थिर छ ।’

उनले ती युवकको भेन्टिलेटरमा राखेर उपचार भइरहेको र मृत्यु भएको खबर गलत भएको जानकारी दिए ।

हेर्नुहोस् अस्पताल सञ्चालक भट्टराई यसो भन्छन् :

मन्त्रीकै गलत सूचना

प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले नै उपचाररत बिरामीको मृत्यु भएको भनी गलत सूचना दिएका छन्। त्यही सूचनाका आधारमा थाहाखबरसहित केही सञ्चार माध्यममा कोरोना पोजेटिभका तेस्रो बिरामीको मृत्यु भन्ने समाचार प्रकाशित भएको थियो।

मन्त्री बरालले हचुवाका भरमा गलत सूचना दिएको अस्पतालको दाबी छ। सामाजिक विकास मन्त्रालय मातहतका कुनै पनि निकायले बिरामीको मृत्यु भएको पुष्टी गरेका छैनन्। स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले मृत्यु नभएको बताए। ‘हामीलाई सूचना आएको छैन, बुझ्ने प्रयासमा छौं,’ उनले भने।

Related Articles

Back to top button