Friday, May 20

आइतबार थप सार्वजनिक विदा

March 29, 2022 737

काठमाडौं १५ चैत । नेपाल आयल निगमले आइतबार सार्वजनिक विदा दिने प्रस्ताव अघि सारेको छ ।

विदाको विषयमा निगमले सरकारलाई पत्र लेख्दै सार्वजनिक तथा सरकारी सवारी साधनको प्रयोग घटाएर इन्धनको खपत कम गर्ने गर्नको लागि थप एक दिनको सार्वजनिक विदा दिने प्रस्ताव गरेको हो ।

निगमले अत्यावश्यक क्षेत्र बाहेक रकारी र निजी सवारी साधनमा जोर बिजोर लागू गर्ने तथा आइतबार पनि सार्वजनिक बिदा दिन सरकारसँग प्रस्ताव राखेको हो ।

इन्धन मूल्य वृद्धिको मारबाट निगमलाई जोगाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जनाएका छन् ।

निगमको आर्थिक अवस्था निकै जर्जर भयो, पेट्रोलियमको मूल्यका कारण देशलाई जोगाउन पनि दुई दिन सार्वजनिक बिदा र जोर बिजोर लागू गर्न पर्ने देखिएको उनले बताएका छन् ।

साथै, निगमले लेखेको पत्रमा पेट्रोलियममा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार विकास शुल्क घटाउन पनि माग गरेको छ ।

Comment