News

भारतमा रहेका ४२ हजार गोर्खा सैनिकलाई देश बचाउन फिर्ता आउन आह्वान – सेयर गरौ

काठमाडौं। नेपालको भूभागलाई पनि दावी गर्दै आफ्नो बनाउने भारतमा ४२ हजार नेपाली गोर्खा सैनिकको रुपमा भारतको भूभाग रक्षाको लागि सकृय छन् । भारतको अन्य मुलुकसंग टसल पर्दा ज्यान गुमाउने नेपाली सैनिक हुन् ।

पछिल्लो समय भारतले नेपालको भूभाग कालापानी लगायतका क्षेत्रलाई आफ्नो भनेर नयाँ भौगोलिक नक्सा सार्वजनिक गरेको छ । जसका कारण नेपाल भारतबीच सम्बन्धमा चिसो पन आएको छ । राजनीतिक दल र सर्वसाधारण सबैले त्यसको विरोध गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भारतलाई नेपाली भूमीवाट आफ्ना सैनिक फिर्ता लैजान सार्वजनिक अपिल गरिसकेका छन् । प्रधानमन्त्रीको यो भनाईले भारतमा हलचल मच्चाएको छ । प्रधानमन्त्रीले त्यस्तो आह्वान गरे लगत्तै भारतीय राजदुत श्यामशरण नेपाल आएका छन् ।

तर उनको भ्रमणलाई गोप्य राखिएको छ । यस अघि पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो तर्फवाट अन्तराष्ट्रिय विज्ञलाई दुत बनाएर नेपाल पठाएका थिए ।

उनले यहाँका राजनीतिक दलसंग कुराकानी गरेका छन् । ३ गते देखी पोखरामा नेपाल भारत सीमा सुरक्षा बैठक सुरु भएको र सो बैठकलाई प्रभावित पार्ने मनसायले श्यामशरण नेपाल आएको कुरा सिमा बिज्ञ हेमन्त सेढाईले बताएका छन् ।

उनले भारतीय सिमाना रक्षाका लागि तैनाथ ४२ हजार नेपालीहरुलाई नेपाल फर्कन आह्वान गरेका छन् । भारतीय भूमी रक्षाका लागि ज्या’नको वाजी लगाएर लड्ने ४२ हजार सेना अब नेपाली भूमी रक्षाका लागि फिर्ता आउनुपर्ने उनको भनाई छ ।

Related Articles

Back to top button
Close