News

लकडाउनमा काफल खान जंगल जाने ३० जना पक्राउ …

गोरखा / लकडाउनको उलङ्घन गरी काफल खान गएका ३० जना प’क्राउ परेका छन् । सिरानचोक गाउँपालिका ४ र ५ बाट बस रिजर्भ गरेर काफल खान वडा नम्बर २ थालाजुङ्गको जङ्गल पुगेका ३० जना युवालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिनुभयो ।

बस चढेर ठूलो सङ्ख्यामा मानिसहरू जङ्गलमा काफल खान गएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हर्मीबाट गएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।उनीहरूमध्ये २९ जना वडा नम्बर ४ छोप्राक र १ जना वडा नम्बर ५ छोप्राकका स्थानीय रहेको इलाका प्रहरी कार्यालय हर्मीका प्रहरी नायव निरीक्षक इन्द्र थापाले जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close