Wednesday, June 29

सुवर्ण थापा निर्देशित फिल्म ‘म’को टिजर सार्वजनिक

June 19, 2022 230

काठमाडौं । ‘सुनगाभा’ फिल्मबाट चर्चित बनेका सुवर्ण थापा निर्देशित फिल्म ‘म’को टिजर सार्वजनिक भएको छ । साउन २० गते रिलिज हुने फिल्मलाई सस्पेन्स र थ्रीलर जानरामा निर्माण गरिएको छ ।

एक आपराधिक घटनासँग जोडिएका र अनुसन्धानमा जुटेका विभिन्न पात्रको कथालाई टिजरमा देखाइएको छ । कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुति रहेको फिल्ममा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का लगायतको अभिनय छ ।

फिल्मबाट संजोग रसाइली र पुनम श्रेष्ठले अभिनयमा डेब्यू गरेका छन् । प्रकाश पुरीको पटकथा रहेको फिल्ममा तेन्जिङ पाल्देनको छायांकन र बनिष शाहको सम्पादन छ ।

हेर्नुस टिजर

Comment