Wednesday, May 18

ओलीकै कारण लोडसेडिङ हटेको कुलमानले नै गरे पुष्टि

March 29, 2022 511

काठमाडौं, चैत १५ ।महँगो मूल्यमा खरिद गर्न खोज्दासमेत भारतीय इनर्जी एक्सचेन्ज (आइइएक्स) बजारमा विद्युत् उपलब्ध नहुँदा नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा आपत्कालीन लोडसेडिङ सुरु गरेको छ ।प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार प्राधिकरणले प्रतियुनिट २० रुपैयाँ भारु (भ्याट र अन्य शुल्कसहित ३८ रुपैयाँ) बोलकबोल गर्दासमेत विद्युत् प्राप्त गर्न सकेको छैन । विद्युत् प्राप्त नभएपछि उद्योगहरूमा अधिकतम आठ घण्टासम्म विद्युत् कटौती भएको छ । यो आपत्कालीन लोडसेडिङ भएको र विद्युत् प्राप्त हुनेबित्तिकै उद्योगलाई पनि उपलब्ध गराउने प्रवक्ता भट्टराईको भनाइ छ ।

यसअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब लोडसेडिङ कहिल्यै नहुने बताएका बताउनुभएको थियो । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो पटक कार्यकाल सुरु गरेपछि यति धेरै लोडसेडिङ भएको हो ।तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग संझौता गरी बिजुली भित्र्याउनु भएपछि लोडसेडिङ अन्त्य भए पनि कुलमानले आफै गरेको भन्दै आउनु भएको थियो । ओली नेतृत्वको सरकारले गरेको काम आफ्नो पोल्टामा पारी उज्यालोका नायक भन्दै प्चार गराउनु भएका घिसिङ दोस्रो पल्ट प्राधिकरण नेतृत्वमा आएपछि लोडसेडिङ ह्वात्तै बढेपछि उज्यालोका नायक आफू होइन, तात्कालिन प्रधानमन्त्री ओली नै रहेको तथ्यबाटै प्रमाणित भएको हो ।

यो पनि पढ्नुहोस..पर्वत, झण्डै रु दुई करोडको लागतमा बनेको सुविधासम्पन्न स्वास्थ्यचौकी भवन वर्षौँदेखि प्रयोगविहीन भएको छ । पर्वतको फलेबास नगरपालिका–१ कार्कीनेटा स्वास्थ्यचौकीको सुविधासम्पन्न भवनबाट सेवा प्रवाह हुन सकेको छैन । जनशक्ति, बर्थिङ सेन्टर, गर्भवती जाँचलगायत सेवाका लागि आवश्यक उपकरणसमेत उपलब्ध भए पनि भवन प्रयोगविहीन भएको छ ।

स्थानीयवासीको विरोध हुँदाहुँदै कमजोर भूबनोटमा निर्मित स्वास्थ्यचौकी भवन आसपासको जमिन भासिएका कारण राज्यको करोडौँ रकम बेकामे भएको हो । खाल्टाथरमा निर्मित भवनसहित जमिन भासिने र पहिराले पुर्न थालेपछि स्वास्थ्यचौकी निर्माण सम्पन्न भएको दुई वर्ष बित्दा पनि सेवा सुरु हुन नसकेको हो । साढे एक तलाको नौकोठे भवन करिब तीन रोपनीमा बनेको छ । लामो समयदेखि पुरानो र जीर्ण भवनबाट सेवा दिँदै आएको स्वास्थ्यचौकी तत्कालीन द्वन्द्वकालीन संरचना निर्माणको सूचीमा निर्माण भएको थियो ।

नयाँ भवन बनेपछि सेवा–सुविधासमेत थप हुने आशामा बसेका स्थानीयवासी सेवा नपाउँदा निराश भएका छन् । निर्माण सकिने समयमा भवनको बाहिरी बरन्डातर्फको भाग सबै भासिएको थियो । पुनःनिर्माण सम्पन्न भएपछि पनि सेवा सुरु हुने गरी कार्यालय सर्न सकेको छैन । स्वास्थ्यचौकीको नयाँ भवन निर्माण भएपछि गाउँका सुत्केरीलाई स्वास्थ्य संस्थामै ल्याउने गरी जनशक्ति र आवश्यक उपकरणको व्यवस्थापन गर्न सकिन्थ्यो ।

तर अहिले भइरहेको साँघुरो छाप्रोमा उपलब्ध उपकरण जडान गरेर सेवा दिन सक्ने अवस्था नरहेकाले त्यसै थन्क्याउनुपरेको स्वास्थ्यचौकीका इन्चार्ज शान्त अधिकारी बताउनुहुन्छ । “बस्ने ठाउँ छैन, ती उपकरण जडान गरेर सेवा विस्तार गर्ने धेरै परको कुरा भयो”, उहाँले भन्नुभयो । बर्थिङ सेन्टरसहित सेवा विस्तार गर्न नयाँ भवनमा सर्ने अवस्था नभएपछि नगरपालिकासँग बजार क्षेत्रमा दुईवटा कोठा माग गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्यचौकीमा एक अधिकृतस्तरको सिनियर अहेब, एक स्टाफ नर्स, एक अनमी, दुई पाँचौँ तहका स्वास्थ्य सहयोगी र एक कार्यालय सहयोगी कार्यरत छन् । दुईकोठे छाप्रोबाट सेवा दिनुपर्दा सबै कर्मचारी बस्ने कुर्चीसमेत अट्ने ठाउँ नभएको स्वास्थ्यकर्मीको गुनासो छ ।विसं २०७४ वैशाखमा भवन निर्माण सुरु भएको थियो । त्यसअघि नै स्थानीयवासीले विरोध जनाएका थिए । धाँजा फाटेको र पहिलेदेखि निरन्तर पहिरो खसिरहेको जमिनमा भवन निर्माण गरिएको स्थानीयवासीको भनाइ छ । “हामीले धेरैपटक त्यहाँ हुँदैन भनेका थियौँ”, स्थानीय एकनारायण श्रेष्ठले भन्नुभयो, “उतिबेला कुरा कसैले सुनेनन्, अहिले यो हालत भयो।”

तत्कालीन दलीय संयन्त्रका नाममा कांग्रेस, एमाले र माओवादीका स्थानीय नेताले पहिराको जोखिम भएको जग्गा छनोट गर्दा अहिले करोडौँ राज्यकोषको रकम दुरुपयोग भएको भूपेन्द्र पोखरेलले बताउनुभयो । “अलि पल्तिरको डाँडाबारीमा जग्गा हुँदाहुँदै केही व्यक्तिले स्वार्थ पूरा गर्न यहाँ बनाए, हामीले विरोध गरेकै हो”, पोखरेलले भन्नुभयो, “ती व्यक्ति स्वार्थ पूरा भएपछि हराए, अहिले त्यसको मार हामी जनताले भोग्नुपरेको छ ।”

स्वास्थ्यजस्तो गम्भीर विषयमा खेलवाड हुनु खेदजनक भएको स्थानीयवासीले बताएका छन् । भवन डिभिजन कार्यालय कास्कीमार्फत निर्मित उक्त भवन निर्माण सम्पन्न भएपछि पनि भवन संरक्षणकै लागि अरू लाखौँ रकम खर्चिसकेको छ । एक प्राविधिकका अनुसार उक्त भवन आसपासको जग्गाकै कारण भवन जोगाउन तीनपटकसम्म लागत अनुमान गरी काम भइसकेको छ । भवन भएको स्थानको दुवैतर्फ कच्ची सडक र जमिनको भागसमेत कमजोर हुँदा पहिरो खस्ने र धस्सिने क्रम रोकिएको छैन ।

Comment